८ मार्चको अवसरमा ललितपुर- १३ वडा स्तरीय महिला समूहद्वारा दौड र कविता प्रतियोगिता आयोजना

११४ औँ अन्तराष्ट्रिय नारी दिवस ८ मार्च, विश्वभरि नै मनाइन्छ "महिलामा लगानी ,सभ्य समुन्नत समाजको थालनी " invest in women Accelerate progress " को नारालाई आत्मसात गर्दै २o८o फागुन २८ गते वडा स्तरीय महिला समुह कुसुन्ती ललितपुर- १३ ले अन्तराष्ट्रिय नारी दिवस ८ मार्चको अवसरमा,ललितपुर महानगरपालिका वडा नं. १३ को आर्थिक सहयोजनामा दौड प्रतियोगिता आयोजना गर्यो l
४७ जना महिलाहरूको सहभागिता रहेको दौड प्रतियोगीतमामा प्रथम, दोस्रो र तेस्रो र चौथो क्रमशः शर्मिला गौली, जानुका दाहाल,सावित्री बिष्ट र मिना गिरी हुनुभएको थियो l विजेतालाई प्रमाणपत्र,पुरस्कार साथै मेडल प्रदान गरिएको थियो दौडमा सहभागीहरू सबैलाई हौसला स्वरूप प्रमाण पत्र वितरण गरिएको थियो l
दोस्रो चरणको कार्यक्रममा विशेश्वर मन्दिर विष्टपाखामा वडा महिला समूहकै आयोजनामा कविता वाचन प्रतियोगिता समेत आयोजना गरिएको थियो l उक्त कार्यक्रममा करिव १९ महिलाहरूले भाग लिनुभएको थियो l कवितामा पनि पहिला ,प्रथम, दोस्रो ,तेस्रो र चौथो क्रमशः प्रज्ञा खड्का,सरस्वती गिरी (कार्की), रजनी बुढाथोकी र सान्त्वना दुई जनालाई प्रदान गरिएको थियो l
कार्यक्रममा प्रमुख अतिथि सरु जोशी हुनुहुन्थ्यो भने कार्यक्रममा अध्यक्षलगायत सबै पदाधिकारी र सदस्यहरूले आ-आफ्नो जिम्मेवारी र भूमिका कुशलतापूर्वक निर्वाह गर्नु भएको थियो l कविता वाचन प्रतियोगिताको निणार्यकमा महेश्वरी विष्ट र सत्या अधिकारी हुनुहुन्थ्यो l कार्याक्रमको संचालन विष्टपाखा ललितपुरकी वडा स्तरीय महिला समूहकी सचिव इन्दिरा काफ्लेले गर्नु भएको थियो l
पाल्पा साइक्लिङ सङ्घको आयोजनामा आज तानसेनको टुँडिखेलबाट उक्त च्यालेञ्ज सुरू भएको हो ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५,आरुचौरमा जन्मिनुभएका क्रिकेटर लामिछानेको सम्मानमा सोही वडाको था...
९९ वर्षीया झुलेका शताब्दी व्यक्तित्व श्री कटकबहादुर तामाङ ले सिल्ड / मेडल र प्रमाण-पत्र प्रदान गर्नु...