'मैले तपाईलाई सलाम गर्ने गरी काम गर्नू'- गृहमन्त्री रवि लामिछाने
काठमाडौँ, फाल्गुन २९
उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले सम्पूर्ण राष्ट्रसेवक प्रहरीहरूलाई राम्रो काम गर्न अपिल गरेका छन् ।
आज सामाजिक सञ्जालमा उनले एक अपिल जारी गरेका छन् l जहाँ उनले लेखेका छन् : 'गैर कानुनी काम गर्नेलाई कारबाही गर्न कुनै आदेश कुर्नु पर्दैन l'
‘देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ,कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन” उनले भनेका छन् – ‘ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो ? तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरी काम गर्नुहोस् । मेरो शुभकामना छ।’
जय नेपाल ( पार्टी वाला होइन, देश वाला )
रवि लामिछानेको अपिल जस्ताको त्यस्तै :
फोटो : रवि लामिछानेको फेसबुकबाट साभार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...