दोलखाको झुलेमा सम्पन्न वडास्तरीय भलिबलमा कालिन्चोक–८ सुनखानी विजयी

दोलखा, झुले: तामाकोसी गाउँपालिका वडा नं. - २ झुलेमा संचालित वडास्तरीय भलिबलको प्रथम स्थान कालिन्चोक गाउँ पालिका वडा नं. ८ सुनखानीले हात पारेको छ l जिल्लाका १६ वटा टिमले प्रतिस्पर्धामा सहभागिता जनाएका थिए l झुले हेल्थपोस्टको खेल मैदानमा असोज १० देखि असोज १४ सम्म भएको भलिबल प्रतियोगिताको उदघाटन तामाकोसी गाउँ पलिकाकी उपाध्यक्ष सिर्जना सुवेदीले गर्नुभएको थियो l जनभावना बहुउद्धेसीय क्लब झुलेको आयोजनामा सम्पन्न प्रतियोगिता चार दिनसम्म चलेको थियो l दसैँ,तिहार र छठको उपलक्ष्यमा आयोजित भलिबल खेलको उदघाटन कार्यक्रम क्लबका अध्यक्ष सरकास पाख्रिनको अध्यक्षतामा भएको थियो l
भलिबल प्रतियोगितामा कालिन्चोक - ८ सुनखानी प्रथम स्थान सहित नगद ७० हजार हात पार्न सफल भएको थियो l द्वितीय स्थान प्राप्त गरी रु पचास हजार शुभारम्भ क्लब तामाकोसी - ३ जफेले हात परेको थियो l त्यसैगरि तृतीय स्थानमा बैतेश्वर - २ ले रु तिस हजार र सान्त्वना स्वरूप गौरीशङ्कर - ८ सुरीले रु १० हजार हात पारेको थियो l
विजयी खेलाडीहरूलाई खेल समापनको अवसर असोज १४ मा प्रमुख अतिथि बैतेश्वर गाउँपलिका प्रमुख छवि लामा र विशेष अतिथि काङ्ग्रेस नेता भवेन्द्र कार्कीले नगद पुरस्कार शिल्ड र प्रमाणपत्र वितरण गर्नु भएको थियो l
विधागततर्फ पुरस्कृत खेलाडीहरू :
उत्कृष्ट सेटर - निशान शिवाकोटी, कालिन्चोक - ८
उत्कृष्ट लिब्रो - किस्मत घिमिरे, बैतेश्वर - २
उत्कृष्ट ब्लकर - दिपेश सिलवाल, तामाकोसी - २
उत्कृष्ट सर्भर - विशाल तामाङ, गौरीशङ्कर - ५
उत्कृष्ट स्पाइकर - माधव पोखरेल, तामाकोसी - २
र
सर्वोत्कृष्ट खेलाडी - नवीन्द्र घिमिरे, कालिन्चोक - ८ भएका थिए l
खेल संचालनको लागि मुख्य रेफ्रीको रूपमा बालकृष्ण खड्का र अन्य रेफ्रीहरूमा दामोदर जोशी, अच्युत कार्की र कुमार कार्कीले भूमिका निर्वाह गर्नु भएको थियो l
पाल्पा साइक्लिङ सङ्घको आयोजनामा आज तानसेनको टुँडिखेलबाट उक्त च्यालेञ्ज सुरू भएको हो ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५,आरुचौरमा जन्मिनुभएका क्रिकेटर लामिछानेको सम्मानमा सोही वडाको था...
९९ वर्षीया झुलेका शताब्दी व्यक्तित्व श्री कटकबहादुर तामाङ ले सिल्ड / मेडल र प्रमाण-पत्र प्रदान गर्नु...