भलिबल खेलाडी कुमार कार्कीले जन्मोत्सव मनाउने रकम न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब काठमाडौलाई प्रदान
दोलखा जिल्ला तामाकोसी गा.पा ३ जफे निवासी भलिबल खेलाडी तथा सितापाईला मा.वि जफेका खेलकुद शिक्षक कुमार कार्कीले आफ्नो जन्मोत्सव मनाउने रकम रू पाँच हजार(रु.५०००) न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब काठमाडौलाई प्रदान गरेका छन् l कार्कीको जन्म दिन आज २०८२ मङ्सिर २५ गते हो l
न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबको तर्फबाट कार्कीलाई शुभकामना दिँदै भनिएको छ : आज परेको जन्मदिनको शुभ अवसर पारी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब काठमाडौ लाई रु.५०००/- सहयोग गर्नुभएकोमा न्यु डायमण्डको तर्फबाट कुमार कार्की सरलाई जन्मदिनको लाखौंलाख शुभकामना सहित उत्तररोत्तर प्रगतिको कामना व्यक्त गर्दछौं भनिएको छ । साथै हरेक वर्ष पर्ने आफ्नो जन्मदिनको अवसरमा यो कार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि कुमार कार्कीले व्यक्त गरेका छन् l
आफ्नो समयमा खेलकुदको लागि रकम अभावले भोकै, नांगै र आधा पेट खाएर खेलेको स्मरण गर्दै कार्कीले आफूले सकेको रकम खेलाडीहरूको हितको लागि समर्पण गर्न पाउँदा खुशी लागेको Akabarey.comलाई बताएका छन् l आफू खेलाडी हुँदाका अभावका दिन सम्झेर पनि आफ्नो जन्मदिनमा केही रकम छुट्याएको हुँ l कार्कीले विगतसँग आफूलाई जोडेर खेलप्रतिको समर्पण र खेलाडीप्रतिको स्नेह प्रकट गरे l
akabrey.com परिवार पनि दोलखा भलिबलका नक्षत्र कुमार कार्कीलाई जन्म दिनको शुभकामना व्यक्त गर्दछ l - akabarey.com परिवार l
तामाकोसी गाउँपालिकाका ९ वटा माध्यमिक विद्यालयहरूमात्रै प्रतियोगि रहेका थिए l
जनभावना बहुउद्धेसीय क्लब झुलेको आयोजनामा सम्पन्न प्रतियोगिता चार दिनसम्म चलेको थियो l
पाल्पा साइक्लिङ सङ्घको आयोजनामा आज तानसेनको टुँडिखेलबाट उक्त च्यालेञ्ज सुरू भएको हो ।