म युद्धमा हिँड्दा दाइ हिँडिरहेको छ तँ हिँड्न पाउँदैन किन कसैले भनेनन् ? नारायण दाहाल
काठमाडौं, फाल्गुन, २८ नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिएका नातामा प्रचण्डका भाइ पर्ने नारायण दाहालले आफू प्रधानमन्त्री पुष्पकमल दाहालको भाइ मात्रै भएको कारणले टिकट नपाएको आफू जनयुद्ध लडेको र २०३६ साल देखि पार्टीमा सक्रिय भएको प्रष्टीकरण पत्रकारहरू माझ दिएका छन् l राष्ट्रिय सभामा अध्यक्षको उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूलाई दाहालको भाइ भनेर जोड्दै २०६३ कोअन्तरिम संसदमा आएदेखि लखेटन थालेको उनले गुनासो गरे l
दाहालले भने, ‘अहिले दाजुभाइको नाता पर्ने हिसाबले हुन्न भन्नेहरूले हिजो म युद्धमा हिँड्दा दाइ हिँडिरहेको छ तँ हिँड्न पाउँदैन किन कसैले भनेन ? अहिले पाउँदैनस् जिम्मेवारी भन्नेहरूले हिजो जनयुद्धमा मिल्दैन हिँड्न किन हिँडेको कसैले त भनेन ? त्यो बेलामा त एकदिन ढिला भयो भने पनि आफ्नोलाई बचाउन भन्थे । त्यसैले यो विषयमा मलाई धेरै भन्नु छैन ।’ म पार्टीमा योगदान गरेको व्यक्ति हुँ l त्यसैले पार्टीले मलाई जिम्मेवारी दिएको हो l'
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...