रवि लामिछाने खेल हेर्न पत्नी निकिता सहित श्रीलंका प्रस्थान
काठमाडौँ, भाद्र,१८
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एसिया कप अन्तर्गतको नेपाल र भारतबीचको खेल हेर्न श्रीलंकातर्फ लागेका छन् । लामिछाने पत्नी निकिता पौडेल र दीपक बोहरासहित प्रस्थान गरेका हुन् ।
एशिया कपको समुह ए अन्तर्गत नेपाल र भारतबीच सोमबार समूह चरणको अन्तिम खेल हुँदैछ । यो खेलको विजेता सुपर चारमा प्रवेश गर्ने छ । नेपालले यसअघि पाकिस्तानविरुद्धको खेलमा हर बेहोरेको छ भने भारतले पाकिस्तानविरुद्धको खेल बर्षाका कारण रद्ध भएपछि एक एक अंक बाँडेका थिए ।
श्रीलंका र पाकिस्तानमा संयुक्त रूपपमा जारी १६औं संस्करणको एसिया कपमा नेपालले आज विश्व क्रिकेटको हस्ती भारतसँग खेल्न लागेको हो । खेल श्रीलंकाको क्यान्डीस्थित पाल्लेकेले इन्टरनेशनल स्टेडियममा दिउँसो सवा तीन बजे हुनेछ । यस खेल जित्ने टिम सुपर फोरमा पुग्ने भएकाले दुवैका लागि महत्वपूर्ण छ l
akabarey.com परीक्षण प्रसारणमा छ l
आफू खेलाडी हुँदाका अभावका दिन सम्झेर पनि आफ्नो जन्मदिनमा केही रकम छुट्याएको हुँ l
तामाकोसी गाउँपालिकाका ९ वटा माध्यमिक विद्यालयहरूमात्रै प्रतियोगि रहेका थिए l
जनभावना बहुउद्धेसीय क्लब झुलेको आयोजनामा सम्पन्न प्रतियोगिता चार दिनसम्म चलेको थियो l