लमजुङ सेवा समाज कतारको रक्तदान कार्यक्रम सम्पन्न

सुरेश भट्ट आश्रिन, दोहा -
दोहा कतारको हमाद हस्पिटलको ब्लड डोनर सेन्टरमा लमजुङ सेवा समाज कतारको रक्तदान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा ८१ जना नेपालीहरूले रक्तदान गरेका छन् l ‘रक्तदान नै जीवन दान हो, रक्तदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’ भन्ने नाराका साथ विश्वभर विविध गतिविधिका साथ रक्तदान कार्यक्रम हुँदैआईरेको छ।
विश्वभरिका नागरिकले रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा कार्ल ल्यान्डसटाइनरको जन्मदिन जुन १४ को सम्झनामा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउँदै आएका छन् । कतारको सरकारी अस्पताल हमादको ‘ब्लड डोनर सेन्टर’मा नेपाली समुदायहरूले चरणबद्ध रक्तदान कार्यक्रम सम्पन्न गर्दै आएका छन् । हिजो भएको रक्तदान कार्यक्रममा नवनिर्वाचित एनआरएनए एनसिसी कतारका अध्यक्ष रमेश भट्ट लगायत विभिन्न स्थापित सामाजिक तथा वैचारिक संस्था, जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधिसहित नेपालीलगायत अन्य देशका नागरिकहरूको बाक्लो उपस्थिति रहेको थियो ।
विज्ञान र प्रविधिले विभिन्न आविष्कार गरिसक्दा पनि कृत्रिम रगत बनाउन नसकिरहेको परिप्रेक्ष्यमा स्वस्थ व्यक्तिले दान गरेको रगत नै आवश्यक पर्ने बिरामीका लागि वरदान साबित हुनेहुँदा मानव जीवन बचाउने रक्तदानलाई सुरक्षित र स्वयम्सेवी रुपमा अभिवृद्धि गर्नका लमजुङ सेवा समाज कतारले रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको समाजका अध्यक्ष सिताराम थापाले जनाए l रक्तदान कार्यक्रममा रक्तदाताहरूलाई प्रशंसा पत्रसहित ढाका टोपी लगाएर सम्मान गरिएको थियो । अन्य रक्तदान कार्यक्रम भन्दा फरक देखिएको यस कार्यक्रममा उपस्थितहरुलाई सुझाव दिन सुझाव पत्र प्रदान गरी सुझाव संकलन कार्य गरिएको थियो।
akabarey.com परीक्षण प्रसारणमा छ l
“नेपालमा मैले शिक्षादानको माध्यमबाट समाज रूपान्तरणको प्रयास थालेँ । जब अमेरिका आएँ, त्यही सेवाभावलाई...
डुङ्गामा १५४ जना मानिस थिए। यसमध्ये १२ जनालाई मात्रै सकुशल उद्धार गर्न सकिएको छ।
यो भ्रमणमा युरोपेली संघसँगको प्रमुख व्यापार सम्झौताको खाका पनि तय भएको छ ।