'अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा स्कटल्याण्डमा आफ्नो नामको नयाँ गल्फ मैदान उद्घाटन '

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार स्कटल्याण्डमा आफ्नो नामको नयाँ गल्फमैदान द्घाटन गरेका छन्। पाँच दिने विदेश भ्रमणको अन्तिम दिन उनले परिवारको बिलाशिता सम्पत्ति प्रवर्द्धन र गल्फ खेल्नमा केन्द्रित रहेको थियो । यो भ्रमणमा युरोपेली संघसँगको प्रमुख व्यापार सम्झौताको खाका पनि तय भएको छ । उद्घाटनमा ट्रम्प र उनका छोराहरू एरिक र डोनाल्ड जुनियरले स्कटल्याण्डको उत्तरी तटमा रहेको बालमेडी गाउँमा रहेको नयाँ मैदानमा पहिलो पटक खेल्ने कार्यक्रम थियो । राष्ट्रपतिले यसलाई “अविश्वसनीय विकास” भन्दै वर्णन गरे । यस परियोजनामा काम गरेकोमा छोरा एरिकलाई धन्यवाद दिए । उक्त भ्रमणमा ट्रम्पले बेलायती प्रधानमन्त्री कियर स्टार्मरसँग पनि भेट गरेका छन् । अमेरिका तथा युरोपेली संघका २७ सदस्य राष्ट्रहरूबीचको शुल्कका लागि व्यापार खाका तय गरेको थियो । यद्धपि, भ्रमणमा गल्फले ठूलो स्थान पाएको थियो, यो नयाँ गल्फ मैदान ट्रम्प संगठनको स्कटल्याण्डमा रहेको तेस्रो गल्फ मैदान हो ।
स्मरणीय : यो सामग्री न्युज एजेन्सीहरूको सहयोगमा तयार गरिएको छ l
“नेपालमा मैले शिक्षादानको माध्यमबाट समाज रूपान्तरणको प्रयास थालेँ । जब अमेरिका आएँ, त्यही सेवाभावलाई...
डुङ्गामा १५४ जना मानिस थिए। यसमध्ये १२ जनालाई मात्रै सकुशल उद्धार गर्न सकिएको छ।
गोरखा सेवा समाज कतारको १३औं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम दोहाको सनैया स्थित वइलफेयर रेस्टुरेन...