ओलीको कम्युनिष्ट चेत गलत भएका कारण पशुपतिमा सुनको जलहरी चढाउने काम गरे - घनश्याम भुसाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले तत्कालीन माओवादी सशस्त्र विद्रोहबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति घृणास्पद रहेको टिप्पणी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित ‘२०२८ः झापा विद्रोहको अन्तर्कथा’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै भुसालले आफूलाई नेपालको कम्युनिस्ट पार्टीहरूको इतिहासबारे ओलीले दिने अभिव्यक्ति बीभत्स, डरलाग्दो र घृणास्पद लाग्ने गरेको बताएका हुन् ।
महासचिव भुसालले ओलीले मिल्दा तत्कालीन माओवादी सशस्त्र विद्रोहलाई महान् भन्ने गरेको र नमिल्दा हत्यारा र आतङ्ककारी भन्ने गरेको सुन्दा आफूलाई चित्त दुख्ने गरेको जिकिर गरे । उनले ओलीको कम्युनिस्ट चेत गलत भएका कारण पशुपतिमा सुनको जलहरी चढाउने काम गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।
महासचिव भुसालले भने, ‘अहिले इतिहासको कुरा गर्दा खेरी, हुन त यो राजनीतिक कुरा हुन्छ । यो विरोधको कुरा पनि सुन्न सकिएला । आज फर्केर हेर्दा खासगरी हाम्रो राजनीतिक नेतृत्वमा कमरेड ओलीलगायत अरू कतिपय साथीहरूले पनि इतिहासको बारेमा जसरी बोल्छन् । स्वयं माओवादी आन्दोलन, जनयुद्धको बारेमा जे बोल्छन् । जतिखेर मिलिन्छ, त्यतिखेर चाहिँ यो महान् कुरा थियो भन्ने । जतिखेर मिलिँदैन, त्यतिखेर चाहिँ यो हत्यारा, आतङ्ककारी आदि, इत्यादि भन्ने त्यो राजनीतिमा इतिहास चेतको यो बीभत्स, डरलाग्दो यो असाध्य घृणास्पद भन्छु म चाहिँ । यो चेतना डरलाग्दो कुरा छ । यही चेतना हो, जसले जलहरी हाल्छ, दुनियाँलाई उपदेश दिन्छ । यो सबै कुरा गर्छ । वास्तवमा यो यसो सोचेर ल्याउँदा खेरी मलाई एकदम उखुम हुन्छ मलाई पनि । अनि, त्यस्तो थियो, त्यसरी आएको हो । शिला टिपेको हो । आदि, इत्यादि ।’
महासचिव भुसालले नेपालको कम्युनिस्ट आन्दोलनमा झापा विद्रोहले जनतासँग असाधारण खालको सम्बन्ध विस्तार गरेको उल्लेख त्यसलाई टुट्न नदिन फेरि नयाँ सङ्कल्पसहितको क्रान्ति आवश्यक रहेको बताए ।
akabardey.com परीक्षण प्रसारणमा छ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...