यमनको सामुद्रिक तटमा डुङ्गा पल्टिँदा ६८ जनाको मृत्यु, ७४ जना बेपत्ता
यमनको समुद्री तटमा एउटा ठूलो दुर्घटना भएको एपीले जनाएको छ । संयुक्त राष्ट्र संघको एक संस्था अन्तर्राष्ट्रिय आप्रवासन संगठनले दिएको जानकारी अनुसार आइतबार १६६ जना अफ्रिकी आप्रवासी बोकेको एउटा डुङ्गा अचानक पल्टियो। यो दुर्घटनामा कम्तिमा ६८ जनाको मृत्यु भएको छ भने ७४ जना अझै बेपत्ता छन्।
यो दुःखद घटना यमनको अब्यान प्रान्तको सामुद्रिक क्षेत्रमा भएको हो। डुङ्गामा सवार सबै मानिसहरु इथियोपियाबाट आएका थिए। अन्तर्राष्ट्रिय आप्रवासन संगठनलेका यमन प्रमुख अब्दुसत्ताोर एसोइभले दिएको जानकारी अनुसार, यो डुङ्गामा १५४ जना मानिस थिए। यसमध्ये १२ जनालाई मात्रै सकुशल उद्धार गर्न सकिएको छ।
बाँकी मध्ये, ५४ जनाको शव खनफर जिल्लाको किनारमा फेला परेको छ। अन्य १४ जनाको शव अर्को ठाउँमा भेटिएको र त्यसलाई अस्पतालको मुर्दाघरमा लगिएको छ। एपीका अनुसार यस क्षेत्रमा यस्ता दुर्घटनाहरु अक्सर हुने र धेरै मानिसहरुले यसरी ज्यान गुमाउने गर्छन्। बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको छ।
स्मरणीय : समाचार न्युज एजेन्सीहरूको सहयोगमा तयार गरिएको छ l
“नेपालमा मैले शिक्षादानको माध्यमबाट समाज रूपान्तरणको प्रयास थालेँ । जब अमेरिका आएँ, त्यही सेवाभावलाई...
यो भ्रमणमा युरोपेली संघसँगको प्रमुख व्यापार सम्झौताको खाका पनि तय भएको छ ।
गोरखा सेवा समाज कतारको १३औं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम दोहाको सनैया स्थित वइलफेयर रेस्टुरेन...