अमेरिका बसेर बिष्णु भन्छन् नेपालमा ल्याङ भो लास्टै ल्याङ भो... युवा पुस्ताको आवाज समेटिएको गीत ‘ल्याङ भो’ सार्वजनिक भएको छ । सार्वजनिक भएको दुई हप्तामै ५८ ००० भन्दा बढी भ्युज पुगीएसकेको र युवामाझ तीव्र गतिमा पुग्न लागेको देखिन्छ l
'नेतालाई सत्ता, झोलेलाई भत्ता, दक्ष युवा विदेश बेपत्ता
झाडीमा लुक्ने अरिंगालको ग्याङ भो
ल्याङ भो, लास्टै ल्याङ् भो '
जुन जोगी आए पनि कानै चिरेको
इमान्दारीको टोपी भिरेको'
व्यापक भ्रष्टाचार, सत्ता तानातानदेखि निराश र आक्रोशित देश भित्र र बिदेशिएका नेपालीहरूको आक्रोश यो गीतमा सुन्न सकिन्छ । नेताकार्यकर्ताप्रति व्यङ्ग्य रहेको रक भर्सनको यस गीतमा गीतकार तथा कवि डा. बिष्णु जोशीको शब्द रहेको छ भने विशाल पौडेलको स्वर र सङ्गीत रहेको छ । ध्वनि निर्माण सुदिप सिंह, मास्टरिङ्ग-मिक्सिङ्ग प्रदिप जोशी अनि निर्देशन/छायाङ्कन/सम्पादन संजीत घिसिङको रहेको छ l
अमेरिकामा वैज्ञानिकको रूपमा काम गर्दै गरेका जोशी भन्छन यो गीतमा आक्रोश छ तर, विरोध मात्रै गरेर समाधान हुँदैन त्यसैले अन्त्यमा यो गीतले सबै युवालाई जागरूक भएर स्वदेश मै धैर्यताका साथ उद्दम गरी यसै पुस्ताले देश बनाउन आव्हान गरेको छ । केही समय अघि सार्वजनिक भएको यो गीतले राम्रो रेस्पोन्स पाएको र युवा पुस्ताको जिब्रोमा' ल्याङ भो नेपालमा लास्टै ल्याङ भो' झुण्डिन थालेको गीतकार जोशी बताउँछन् l
माण्ठ हुँ म माण्ठ हुँ म माण्ठ जुर्मुराउँछु छ आँत तप्त अग्नि झैँ म अग्नि भर्भराउँछु
‘नेपाल आइडल’ सिजन–६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले आफ्नो बनाउन सफल भएकी छन् ।
अभिनेता आचार्यले उक्त चलचित्र आउँदो दसैँलाई लक्षित गर्दै असोज १३ गते प्रदर्शन हुने जानकारी दिनुभयो ।