सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन गरेर निकास दिन कांग्रेससँग प्रधानमन्त्री सहमत
काठमाडौं, जेठ, ५
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरुसँग सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा बैठक गरी छलफल गरेका छन् l
छलफलमा कांग्रेसले राखेको तीन बुँदे मागमा प्रधानमन्त्री दाहाल सकारात्मक रहेको कुरा कांग्रेस नेताहरूसँग बताएका छन् l
कांग्रेसले राखेको तीन बुँदे मागलाई सत्ता साझेदारसँग छलफल गरेर कांग्रेससँग फेरि बस्ने गरी बैठक सकिएको छ l बैठकबारे जानकारी दिँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन गरेर निकास दिन सहमत भएको बताए । लेखक भन्छन् : उहाँ सकारात्मक हुनुहुन्छ । यो विषयमा सत्ता साझेदार दलसँग छलफल गरेर कांग्रेससँग थप छलफल गर्ने भन्नुभएको छ । ’
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेर बहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कृष्ण सिटौला र रमेशलेखकलगायतका नेताहरू बालुवाटार पुगेका थिए ।
जसको कुरा सुने पनि त्यो हो त्यसमा म असहमत छैन भन्ने तर आफ्नो अडानमा अडन नसक्ने बानीप्रति भने काङ्ग्रेसले शङ्का व्यक्त गरेको छ l ओली र रविको प्रेसर धान्न प्रधानमन्त्री राजी बने निकास निस्कने कुरामा कांग्रेसनेताहरू ढुक्क छन् l
फाइल फोटो प्रयोग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...