सिस्नोपानी नेपालले बिहीबार( भदौ, १२, २०८२) प्रस्तुत गरेको ‘कर्णाली जुरुक्क’ कार्यक्रमले सहभागीको मन मात्र होइन, आत्मालाई समेत छोयो । यो प्रस्तुति कर्णालीको पीडा, दुःख र अभावसँगै त्यहाँका जनताको जीवन–संघर्षलाई यथार्थका आँसुमा उतार्दै, परिवर्तनको आकांक्षा जगाउन सफल भयो
'जदौ कर्णाली' ब्याण्डले प्रस्तुत गरेको,माधव चौलागाईंको शब्दमा रहेको, धीरेन्द्र प्रेमर्षिको सङ्गीतमा सजिएको आस्था राउत र स्मारिका फुयालको ऊर्जायुक्त स्वरमा गुन्जिएको यो गीतले जुरुक्कै कर्णाली उठाएको भान भएको छ l
'माण्ठ हुँ म माण्ठ हुँ म माण्ठ जुर्मुराउँछु
छ आँत तप्त अग्नि झैँ म अग्नि भर्भराउँछु'
अहेल हरेक गीत-सङ्गीत प्रेमीको ओठमा झुण्डिएको छ l गीतमा देखिको जोश, नृत्यमा मिथिला शर्माको लिडिंङ रोल यतिबेला चर्चाको शिखरमा छ l
कर्णालीको नाम सुन्नासाथ भोक, अभाव र वेदना झल्किन्छ । व्यवस्था फेरिए, सत्ता बदलिए, तर कर्णालीको विम्ब भने अझै उस्तै छ भन्ने गुनासो स्थानीयको हो । यही नबदलिएको चित्रलाई ‘जुरुक्क कर्णाली’ ले संघीय राजधानी काठमाडौंको प्रज्ञा प्रतिष्ठानमै पुनः उजागर गर्यो—तर यसपटक केवल पीडा मात्र होइन, आशा र सम्भावनाको झिल्कासमेत देखाउँदै ।
गीतका हरफझैँ, राणाकालदेखि पञ्चायत र सक्रिय राजतन्त्रसम्म कर्णालीको शिर उठ्न सकेन । तर गणतान्त्रिक नेपालको नयाँ यात्रासँगै कर्णाली बिस्तारै उचालिँदै गएको अनुभूति यस प्रस्तुतीकरणले गरायो ।
विविध प्रस्तुतिहरूले कर्णालीको विशाल भूगोल, तर राज्यले नदिएको पर्याप्त ध्यान र बजेटको कडुवो यथार्थलाई छरितो ढंगले प्रस्तुत गरे । पछिल्ला केही वर्षमा केही काम भए पनि त्यो अपर्याप्त भएको, र त्यही कारण कर्णाली अझै दीर्घकालीन अभावको जञ्जालबाट मुक्त हुन नसकेको सन्देश यसमा गुञ्जियो ।
सिस्नोपानी नेपालले कर्णालीको मुटुमा बसेर भोगिएको यथार्थलाई कहिले भावनात्मक, कहिले रचनात्मक शैलीमा बुनेर प्रधानमन्त्रीसामु समेत प्रत्यक्ष साक्षी बनाएर पेस गर्यो ।
‘नेपाल आइडल’ सिजन–६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले आफ्नो बनाउन सफल भएकी छन् ।
अभिनेता आचार्यले उक्त चलचित्र आउँदो दसैँलाई लक्षित गर्दै असोज १३ गते प्रदर्शन हुने जानकारी दिनुभयो ।
कल्चरल ग्रुप डान्स प्रतिस्पर्धामा भुटनिज रेफुजी डान्स ग्रुपले विजेता भई रु २५ लाख र गिफ्ट ह्याम्पर प...