काठमाडौँ:गायक नवीन कार्की र गायिका रचना रिमालको स्वरमा तयार पारिएको प्रेरणादायी गीत ‘जन्मदिनलाई सत्कर्मसँग जोडौँ’ को भिडियो औपचारिक रूपमा सार्वजनिक गरिएको छ । गीतकार वरिष्ठ पत्रकार गोविन्दप्रसाद चौलागाई, संगीतकार शक्ति बल्लभ, एरेन्जर मनोहर सुनाम र रेकर्डिङ–मिक्सिङका भोला पौडेल सहितको अनुभवी टोलीले गीतलाई सशक्त बनाएको छ ।
जीवनका कुनै पनि चरण, शुभारम्भ, मध्य वा उत्तरार्धमा सुन्न मिल्नेगरी तयार भएको यस गीतले जन्मलाई सार्थक बनाउन सत्कर्म र मानव–सेवामा जोडिनु पर्ने सन्देश दिन्छ । गीत ‘जन्मदिनलाई सत्कर्मसँग जोडौँ’ अभियान अन्तर्गत तयार गरिएको हो । उक्त भिडियो नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले एक समारोहमार्फत सार्वजनिक गरे ।
कार्यक्रममा भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव केदारनाथ शर्मा, वन सचिव डा. रामचन्द्र कँडेल, मन्त्रालय मातहतका महानिर्देशक तथा उप–महानिर्देशकहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सह–सचिव तथा बैठक महाशाखा प्रमुख नारायणप्रसाद अर्याल, वरिष्ठ संगीतकार शक्ति बल्लभ, चलचित्र कलाकार संघका अध्यक्ष, गीतकार संघका अध्यक्ष, प्रेस काउन्सिल नेपालका निवर्तमान अध्यक्ष बालकृष्ण बस्नेत, रेडियो नेपालका निवर्तमान कार्यकारी निर्देशक अमरध्वज लामा, नेपाल टेलिभिजनका निवर्तमान महाप्रबन्धक तथा हालका बोर्ड अफ डाइरेक्टर फुलमान बल, वरिष्ठ पत्रकार तथा वरिष्ठ अधिवक्ता उद्धवप्रसाद चौलागाईं, साथै गीतका स्वरदाताहरू रचना रिमाल र नवीन कार्की लगायतका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो।
'जादुयी स्वरकी धनी गायिका नीता आचार्यको मातृभूमि प्रेम' शीर्षकमा अकबरे.कमले गायिका निता आचार्यको फिच...
माण्ठ हुँ म माण्ठ हुँ म माण्ठ जुर्मुराउँछु छ आँत तप्त अग्नि झैँ म अग्नि भर्भराउँछु
‘नेपाल आइडल’ सिजन–६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले आफ्नो बनाउन सफल भएकी छन् ।