प्रेस स्वतन्त्रता र मर्यादा एक अर्काका परिपूरक हुन् - सम्पादकीय

आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ ।
‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाइने गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।
जनताको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरण सृजनामा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो ।
यो दिवसले सत्य सम्प्रेषण गर्ने र प्रेस स्वतन्त्रताको सदैव सम्मानको सुनिश्चिततालाई केन्द्रमा राखेको छ । आज विश्व प्रेस स्वतन्त्रता दिवसको दिन हामी हाम्रो प्रतिबद्धता यसरी प्रकट गर्दछौं l
हामी (akabarey.com) असललाई कहिल्यै लखेटदैनौं, खराबलाई बाँकी राख्दनौं l हामी सबैको विचार सम्प्रेषणको साझा मञ्च बन्नेछौं l ‘हामी सबैको, सबैभन्दा बढी भुइँ मान्छेको’ यो मर्म बोकेर पत्रकारितामा हाजिर भएका छौं l हामी सुकर्मलाई फूल जत्तिकै माया गर्छौ,दुष्कर्मलाई फोहोर जत्तिकै घृणा गर्छौं l दुष्कर्मलाई निषेध गर्छौं l
नेपालका रैथाने ज्ञान, सिप र प्रविधिको प्रवर्द्दन हाम्रो अभीष्ट रहने छ l हामी आम मान्छेको आवाज बोल्ने छौं l सबैभन्दा बढी बोल्न नसक्ने मान्छेहरूको आवाज बोल्ने छौं l अन्यायमा परेकाहरूको आवाज, दलन भोग्नेहरूको पीडा,देखिने र नदेखिने घाउ चोटको पक्षमा सतिसाल भएर उभिने छौं l छुवाछुत र भेदभाव सभ्यताका धब्बा हुन् यसलाई मेटाउन सबैको भूमिका र पहल हामी आवश्यक देख्छौं l जातीय छुवाछुतलाई घृणा गर्दै यसको समूलअन्त्य हाम्रो प्राथमिकता हो l
हामी पत्रकारिताको मूल आचार संहिताको भावनालाई आत्मसात गर्नेछौं l अमर्यादित बन्दै गएको पत्रकारितामा मर्यादा थप्ने हाम्रो अभीष्ट छ l वाक स्वतन्त्रताको पैरवी गर्दा वाक मर्यादाको पाटो भुल्दैनौं l स्वतन्त्रता र मर्यादालाई एक अर्काका परिपूरक बनाउन लागिरहन्छौं l हामी राज्यको चौथो अङ्ग मात्र नभएर अभिन्न अङ्गको मर्यादा, समानता र अस्तित्व खोज्छौं l सत्य सम्प्रेषण, झुठको पर्दाफास, अधिकारको खोजी र कर्तव्यको पालना हाम्रो विशेषता हुनेछ l हामी सत्यको खोजमा अनवरत रहनेछौं l हामी सत्यलाई बहुकोणबाट हेर्न सकिन्छ भन्ने विश्वास लिन्छौं र सत्यको सापेक्षताबारे पनि प्रष्ट छौं, तसर्थ कुनै पनि कुराको निष्कर्ष हामीले देखेको मात्रै हो, भनेको र बोलेको नै अन्तिम हो भनेर मान्दैनौं l हामी खोज गर्छौ र धारणा बनाउँछौं l हामी हतियार र हिंसालाई मान्दैनौ तर विचार अभिव्यक्त गर्ने स्वतन्त्रताको कदर गर्दै वाद विवाद तर्क, खण्डन, मण्डन गर्न हाम्रो मञ्च सबैलाई उपलब्ध गराउँछौं l
विचारमा निषेध र प्रतिशोध हाम्रो डिक्सनरीमा हुनेछैन l हामी राम्रो काम जति असल कर्म जति सबै राजनीति हो भन्ने भाष्य निर्माण गर्छौं l गलत कुरालाई अराजनीति भन्छौं l राजनीति सर्वत्र हुनुपर्छ l अराजनीति जहाकहीं बन्देज गरिनुपर्छ l कानुन, वैधानिक र न्यायको लागि बनाइनु पर्छ l लुट्नको लागि कानुन बनाएर, कानुनी राज भन्न पाइन्न l कानुन बनाएर, कानुन देखाएर,कानुन कब्जा र प्रणाली कब्जाको हामी सख्त विरोध गर्छौं l वैधानिकताको हवाला दिंदै प्रणाली कब्जा गरेर अन्याय गर्नेको हामी खिलाफमा रहन्छौं l
हामी (akabarey.com) कालो रङ्गलाई अन्य रङ्ग जस्तै केवल फरक रङ्गको रूपमा मात्र बुझ्छौं l कालो नकारात्मक र अयोग्य मान्दैनौं l रङ्ग कुनै विशेष गुण होइन l तसर्थ रङ्गको आधारमा गरिने रङ्गभेदको विपक्षमा रहने छौं l संसारमा मान्छेको एक मात्र जात मान्छे भनेर बुझ्छौं l नारी र पुरुष असमान रूपमा समान छन् यहाँ कुनै पनि लैङ्गिक भेदभाव गरिनु हुन्न l परस्परको एकता र सौहार्दतामा नै जीवन र समाज इन्द्रेणीमय हुनेछ भन्ने हाम्रो अटल विश्वास छ l
पत्रकारिता जगतमा छ्या ! अनलाइन सुनिन थालेको छ हामी वाहा ! अनलाइन 'अकबरे.कम' बनाउने प्रण गर्दछौं l
हरण गरिएको आत्मसम्मान, पुगेको नैतिक घाटा, दुख दिएर खोसिएको सामाजिक साखको क्षतिपूर्ति कहिल्यै र कसैगर...
अग्रिम र सिस्टमेटिक टिकट बुकिंग व्यवसायीलाई सहुलियत यात्रुलाई भरपर्दो र प्रभावकारी सेवामामा राज्यका...
दलितलाई हेर्ने दृष्टिकोण सच्याउन र सच्चिन सरकार र विशेषगरी केपी ओलीलाई हार्दिक अपिल गरिन्छ l प्रश्न...