कर्णाली प्रदेशका मन्त्री रणसिंह परियारको सङ्घर्षको कथा

२०७९मा सम्पन्न भएको प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका मंगलबहादुर शाहीलाई १ हजार ८सय ५१ मतले पराजित गर्दै कर्णाली प्रदेश सभामा प्रवेश गरेका परियारले मन्त्री पद तथा गोपनियताको कर्णाली प्रदेश प्रमुख तिलक परियारबाट वैशाख १२ गते सपथ लिएका हुम्ला निर्वाचन क्षेत्र नं १ प्रदेश सभा (क) बाट निर्वाचित परियार कर्णाली प्रदेश सभा सदस्यको २४ सिटमा निर्वाचित एक्लो दलित प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन ।
कर्णाली प्रदेश सभामा प्रत्यक्षतर्फका २४ सिटमा निर्वाचित हुने एक्ला दलित प्रतिनिधिमा पर्दछन्, हुम्लाका रणसिंहपरियार । उनै परियारलाई नेकपा माओवादी केन्द्र संसदीय दलले मन्त्री बनाएको छ । त्यस्तै गरी नेकपा एमालेको तर्फबाट कर्णाली प्रदेशमा सहरी विकास राज्यमन्त्रीको रूपमा गमता विकले जिम्वेवारी पाएकी छन् l कर्णाली प्रदेशले दुई जना दलित समुदयको मन्त्री नियुक्त गरेर सङ्घीय सरकारले दलित निषेध गरेको विषयलाई प्रहार गरेको छ l akabarey.com ले गमता विकको बारेमा पनि आफ्नो सामग्री तयार गरेर प्रकाशित गरेको छ भने आज दलित समुदायबाट कर्णाली प्रदेशको मन्त्री बनेका रणसिंह परियार बारे सामग्री तयार पारेको छ l
माननीय मन्त्री रणसिंह परियार
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा संसदीय दलको प्रमुख सचेतको जिम्मेवारी समालेका परियार माओवादी केन्द्र केन्द्रीय सदस्य तथा नेपाल दलित मुक्तीमोर्चा केन्द्रीय उपाध्यक्ष हुदै मोर्चाको कर्णाली प्रदेश सह इन्चार्जको हुन ।
२०३३ साल पुस १५ गते जन्मिएका परियार हुम्लाको अदानचुली गाउँपालिका–१, कल्खेका स्थायी बासिन्दा हुन् । भौगोलिक हिसाबले निकै पिछडिएको क्षेत्रबाट प्रत्यक्षतर्फ चुनाव लडेर मन्त्री बन्ने पहिलो व्यक्ति पनि हुन्, परियार । हुम्लाको राजनीतिमा यसअघि दलित मन्त्री बनेको इतिहास छैन । स्नातक अध्ययन पूरा गरेका परियारले १० वर्ष सरकारी शिक्षकका रूपमा हुम्लाका विभिन्न विद्यालयमा अध्यापन गराए । ५० को दशक अघिसम्म कर्णालीमा चरम रूपमा जातीय र वर्गीय विभेद थियो ।
शिक्षकका रूपमा पढाउँदै गर्दा पनि आफ्नो समुदायमाथि हुने विभिन्न खालका विभेदले उनलाई पोलिरहन्थ्यो । माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला २०५९ सालमा जागिर छाडेर युद्धमा होमिए । स्थायी जागिर छाडेर उत्पीडित समुदायको न्याय र समानताका लागि आन्दोलनमा आफू होमिएको परियार बताउँछन् । त्यसपछि पार्टी–संगठनप्रतिको लामो समर्पण, त्याग र अनुशासनका कारण नेतृत्वले विश्वास गरेर प्रत्यक्ष निर्वाचन लड्दै मन्त्रीको पदमा पुगेको उनले बताए ।
उनी भन्छन्, ‘पहिलो कुरा त दलितहरूले प्रत्यक्ष निर्वाचन जित्दैनन् भनेर कुरा काटिन्थ्यो, प्रतिस्पर्धीहरूले सार्वजनिक मञ्चबाट नै दलित समुदायको व्यक्ति भनेर होच्याई बोलेको कुरा कसरी बिर्सन सकिन्छ र ?,’ उनी भन्छन्, ‘मेरो जीत कर्णालीका सिङ्गो दलित समुदायको जीत थियो । दलितहरूले पनि प्रत्यक्ष निर्वाचन जित्न सक्दा रहेछन् भन्ने प्रमाणित भएको थियो ।’
अति पिछडिएको जिल्ला हुम्लाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि उनले सदनमा हुम्लाका दैनिक समस्या, विकास र समग्र दलित समुदायको हक–हितका पक्षमा आवाज बुलन्द पार्दै आएका छन् । अब उनी प्रश्न उठाउने ठाउँबाट जवाफ दिने ठाउँमा पुगेका छन् । सुरूमा विनाविभागीय मन्त्री नियुक्त भएका परियारलाई जलस्रोत तथा ऊर्जा विकास मन्त्रीको जिम्मेवारी प्रदान गरिएको छ l
कामी दमाईको छोराले पढेर के गर्छ भनेर हेपिएका रणसिंह निर्वाचित प्रदेश सांसद हुँदै मन्त्री बने
२०३५ सालमा विद्यालय स्थापना हुँदा विद्यालय स्थापना भएको रहरै रहरमा विद्यालय पुगेका थिए । उनी विद्यालय जादा दलितले पढ्न हुँदैन भन्ने थियो । तल्लो जातले पढेर के गर्छ भनेर रहरले भनेर जातीय छुवाछुत हुने गरेको उनको मानसपटलमा अहिले पनि ताजै छ । माथिल्लो जातकाले मात्र विद्यालय जाने तल्लो जातकाले विद्यालय नगएनी हुन्छ भन्ने कुराबाट उनी कति पनि बिचल्लित भएनन् । मात्र विद्यालय भर्ना भएका थिए । सानैमा उनी पढाइमा निकै रुचि राख्थे ।
दलित विद्यार्थी मध्यबाट उनीमात्र विद्यालय पुगेका थिए । विद्यालय भर्ना भइसकेपश्चात् पढाइमा अब्बल हुँदै गए । पढाइमा अब्बल हुँदा विद्यालयमा गुरुहरुको पनि उत्तिकै माया पाए । उनी विद्यालय जादा नत परिवार शिक्षित नत गाउँसमाज नै शिक्षित थिए । उनी विद्यालयमा मेहनतका साथ पढ्दा गाउँसमाजले उनलाई यो दलित दमाइको छोराले पढेर के गर्छ भन्ने गर्थे । त्यो बेला विद्यालयमा पढ्दा अहिले जस्तै कापी कलम नभएको र सल्लाका फल्याट ताछेर त्यस्मै तेल र मोसो दलेर पढ्ने गरेको अनुभव रण सिंहका मानसपटलमा आज पनि ताजै छ । त्यो बेलाबाट विद्यालयमा अध्यन गर्दै गर्दा उनी आफू कहिल्यै असफल भएनन् ।
विद्यालयमा दलित भएकै कारण अलग्गै बसेर पढ्थे
विद्यालय स्थापना हुँदा रहरै रहरमा विद्यालय पुगेका रण सिंहले नत विद्यालयबाट राम्रो साथ पाए । नत गाउँसमाज र परिवारबाट नै साथ पाएका थिए । आफ्नै बलबुत्याइमा विद्यालय गएका उनी गाउँसमाज परिवार हुँदै अन्तः विद्यालयमा पढ्दा पढ्दै पनि दलित दमाई भएकै कारण एक्लै बस्नु प¥यो । एक्लै दुःख कष्ट भोग्दै मनका पीडाहरुलाई मनको एक भागमा कुम्लयाउँदै उनी चार कक्षासम्म निरन्तर अब्बल हुँदै गए । उनले जनकल्याण प्रा विमा चार कक्षा पास गरेपछि माध्यामिक विद्यालयमा आधा घण्टा हिडेर सुर्योदय माध्यामिक विद्यालय श्रीनगरमा पाँच कक्षामा भर्ना भए । त्यहाँ भर्ना भएपश्चात् उनका संघर्षका दिनहरुको सुरुवात भयो । विद्यालयमा भर्ना भइसक्दा पनि किताबसम्म पाएनन् । सात दिनको पैदल यात्रा गरेर किताब किन्न बाजुराको मार्तडी पुगेका थिए ।
घरको आर्थिक नाजुक थियो । विद्यालयमा छुवाछुत उत्तिकै थियो । छुवाछुत र अपहेलना र कसैको कुरा नसुनेर उनले पढाइमा मन लगाए । एक देखि चार कक्षासम्म अध्यन गर्दा उनले परिवारबाट नै साथ सहयोग नपाएको उनको भनाई छ । घरबाट नै विद्यालय नजान भनेर भने पनि उनले विद्यालय जान रोकेनन् । उनी निरन्तर विद्यालय जान थालेपछि कोही कसैको केही लागेन । जिद्धि गरिहाल्यो पढोस पढेपनि घरकाले भने । नत उनलाई कसैको प्रेणा पाए नत कुनै सल्लासुझाव पाए । आफ्नै संघर्षले यहाँसम्म आफ्नै संघर्ष र मेहनतले पुगेको उनी बताउँछन् । गाउँमा अरुको कुरा सुनेर र घरबाट आमाबुबाले विद्यालय नजानु भनेको कुरा सुनेको भए यहाँसम्म पुग्ने कल्पना थिएन,’उनले भने, ‘निरन्तर आफ्नै संघर्ष र मेहनतले यहाँसम्म पुगेको हुँ ।’ उनको घरको आर्थिक अवस्था निकै दयनीय थियो । दिनभरि बुबाले गाउँभरिका कपडा सिलाएर घर परिवार पाल्दै आएका थिए । कापी कलम किन्नसमेत मुस्किल थियो । त्यही मुस्किलबिच पनि उनी यहाँसम्म पुग्न सफल भए ।
शिक्षक पेशा त्यागेर विद्रोहमा
२०५९ साल फागुन २ गते २४ वर्षको उमेरमा जनयुद्धमा होमिए । जनयुद्धमा होमिदाका पीडा पनि उनीसँग अथाह छन् । परिर्वत र सर्वहारा वर्गको पक्षमा न्याएका लडाइ लड्न युद्धमा होमिए । शिक्षक पेशामै रहेर माओवादीको विभिन्न पदमा रहेर काम गरिसकेका परियारका सम्पुर्ण गतिविधिहरु जिल्लामा पुगिसकेको थिए । त्यो अवस्थामा उनलाई तलब खान अप्ठेरो भइसेको थियो । अखिल नेपाल शिक्षक संगठनको अभियानमा जुटे ।
गाउँगाउँमा पुगेर माओवादी पार्टि र माओवादी जनयुद्ध भनेको जनताको लागि हो । यस्ले अन्याएमा परेकालाई न्याए दिन्छ । सर्वहारा वर्गको अधिनायकत्व कायम गर्छ भन्ने विचारले सबै शिक्षकहरूलाई संगठित भए । त्यस अभियानबाटै उनी घर नपुगेर युद्धमा पुगे । घरको आर्थिक अवस्था दयनीय थियो । तलबकै भरमा परिवार पालिएको थियो । परियार जनयुद्धमा होमिसके पनि उनको परिवार पुन आर्थिक संकटमा पर्यो तथापि विभिन्न असहज अप्ठ्यारो,दुख, अभाव र अपमान झेलेर रणसिंह राजनीतिमा सक्रिय रहे र अहिले मन्त्री बन्ने अवसर प्राप्त गरेका छन् ।
नेपाल दलितको श्रम,पसिना, रगत, कला, साधना र निष्ठाले पनि निर्मित देश हो l
२०७९ मंसिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनमा तीन जना दलित उम्मेदवारले मात्र विजय प्राप्त गरेका थिए । ३३० निर्वाचन क्षेत्र रहेको प्रदेश सभामा रणसिंह परिवार,सीता सुन्दास र लखनदास तत्मा निर्वाचित भएका हुन् ।
प्रदेश सभामा देशभरबाट १४४ जना दलित उम्मेदवार बनेका थिए। जसमा ३ जना मात्र निर्वाचित भए । प्रदेश सभामा प्रत्यक्षबाट दलितको प्रतिनिधित्व ०.९ प्रतिशत रहेको छ । सङ्घीय संसदमा जम्मा एकजना छविलाल विश्वकर्मा मात्र प्रत्यक्ष निर्वाचित सांसद हुन् l दलित समुदायको प्रतिनिधित्वलाई अर्थपूर्ण बनाउन पनि रणसिंह परियारको मन्त्री पद विशेष र उल्लेखनीय छ l
यो सामग्री ई-प्रतिबिम्ब र ज्वाला सन्देशमा प्रकाशित सामग्रीलाई समेत आधार मानेर र अन्य विभिन्न समाचार माध्यमका विषयलाई समेटर तयार गरिएको हो l सम्बद्द सबैमा akabarey.com आभार व्यक्त गर्दछ l
फाइल फोटो प्रयोग
राष्ट्रिय दलित गोलमेच सम्मेलन राजनीतिक प्लेटफर्म पनि हो l
संयुक्त नागरिक पार्टीले यो विश्वास गर्दछकी साँचो लोकतन्त्र तब मात्र सम्भव हुन्छ जब सबै समुदायको बराब...
जुन सपना मैले र मेरो परिवारले देखेका थियौँ, त्यो यही छात्रवृतिले पूरा गरेको हो । त्यसैले सरकारप्रति...