रास्वपा सचिवालयको बैठक आज बस्दै

वैशाख, २१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज शुक्रबार पार्टी कार्यालयम चःमतिमा अपराह्न साढे चार बजे बस्दैछ l
आज बस्ने सचिवालय बैठकमा इलाम—२ को उपनिर्वाचनको विशेष समीक्षा हुने कुरा रास्वपाका नेताहरूले बताएका छन् ;
इलाम-२ को उपनिर्वाचनमा जीवन र मरणको सवाल लिएर उत्रिएको रास्वपा चौथो स्थान सहित जमानत जफत हुने पार्टीमा परेको थियो l
इलामको उपचुनाव बाहेक अन्य समसामयिक राजनीतिमा पनि छलफल हुने र सहकारीको विषयमा पार्टी सभापतिमाथि लागेको आरोप र अन्य नेताहरू माथिको आरोपका बारे, कांग्रेसले गर्ने संसद अवरोध र त्यसको प्रतिरोध गर्ने रक्षात्मक रणनीति बारे पनि छलफल हुन सक्ने बारे रास्वपाका नेताहरूले बताएका छन् l
स्मरणीय : फोटो प्रयोग
तपाईको नासो नेपाली काँग्रेसको यो कार्यवाहक सभापतिको पद तपाईलाई फिर्ता बुझाउँदछु l
जनमतबाट विभाजित नेताहरूको अगुवाइमा असोज ३ र ४ गते जनकपुरधाममा भएको भेलाले स्वराज पार्टीको घोषणा गरेक...
हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ । देशको सीमाना विस्तार ग...