कमलादेवी कार्कीको 'बाँसुरीको धुनै राम्रो'गीत सार्वजनिक

कमलादेवी कार्कीले पहिलोपटक आफ्नो स्वर र लयमा 'बाँसुरीको धुनै राम्रो' गीत रेकर्डिङ गरेर हालै सार्वजनिक गरेकी छन् l म्युजिक बैंक नेपालमा रेकर्डिङ गरिएको गीतको म्युजिक एरेन्जर कृष्ण पुन छन् भने संयोजन र सहजकर्ताको भूमिकामा जनवादी गायक तथा लोक गायक रमेश कार्की रहेका छन् l शब्द, सङ्गीत, स्वर र लयको तालमेल मिलेको कारण गीत सुमुधुर र आकर्षक सुनिन्छ l
पेसाले पूर्व शिक्षिक कार्की गीतसङ्गीतलाई माया गर्ने र लामो समयदेखि साधनारत व्यक्ति हुन् l पूर्वेली भाकामा गाइएको गीत अत्यन्तै मीठो र कर्णप्रिय रहेको छ श्रोताहरूको भनाइ छ l
'मुरलीको धुनै राम्रो, बाँसुरीको धुनै राम्रो
खैंजडी र सारङ्गी त बज्छन् मुटु छुनै हाम्रो'
यति मीठो गीत गाउने कला भएको मान्छे रेकर्डिङ चैं किन ढिला भन्ने अकबरेडट कमको प्रश्नमा गायिका कमला भन्छिन् : 'पहिले रहर र सौखले गीत गुनगुनाउँदै बसियो l शिक्षण पेसाको कारण गीत रेकर्डिङ गर्नेतिर ध्यान गएन l शिक्षण पेसाबाट अवकास लिएपछि भने आफ्नो रहर र सौख पूरा गर्न रेकर्डिङ गर्न मन लाग्यो l साथीभाइ र गीतसङ्गीतका पारखीहरूको रेस्पोन्स राम्रो पाएको छु l गीत रेकर्डिङ गर्ने सौख र चाहना अझै जागृत भएको छ l' गायिका कार्की आफ्नो अनुभव सुनाउँछिन् l
माण्ठ हुँ म माण्ठ हुँ म माण्ठ जुर्मुराउँछु छ आँत तप्त अग्नि झैँ म अग्नि भर्भराउँछु
‘नेपाल आइडल’ सिजन–६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले आफ्नो बनाउन सफल भएकी छन् ।
अभिनेता आचार्यले उक्त चलचित्र आउँदो दसैँलाई लक्षित गर्दै असोज १३ गते प्रदर्शन हुने जानकारी दिनुभयो ।