महेश बस्नेतलाई लागेको बलात्कार आरोपको उजुरी हाललाई तामेलीमा राख्ने निर्णय

जिल्ला प्रहरी परिसर, काठमाडौंले एमाले नेता महेश बस्नेतविरुद्ध परेको जबरजस्ती करणी आरोपको किटानी जाहेरीमाथि हाललाई अनुसन्धान अगाडि नबढाउने भएको छ l यसको कारण यस्तो बताएको छ :
प्रारम्भिक अनुसन्धानमा जाहेरीअनुसार तथ्य नमिलेको भन्दै पछि खुलेका बेला अनुसन्धान अघि बढाउने गरी जाहेरी तामेलीमा राख्न काठमाडौं प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंलाई सिफारिस गरेको थियो ।
सरकारी वकिल कार्यालय स्रोतका अनुसार, काठमाडौं प्रहरीले गरेको सिफारिस अनुसार जाहेरीलाई तामेलीमा राख्ने निर्णय भइसकेको छ । ‘प्रथम दृष्टिमा जाहेरीमा भनिएजस्तो देखिएन भन्ने प्रहरीको भनाइ रह्यो’, स्रोतले भन्यो, ‘अनुसन्धान अधिकृतको सिफारिस अनुसारको निर्णय सरकारी वकिलबाट भएको छ ।’
बस्नेतविरुद्ध पीडित भनिएकी महिलाले हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा जाहेरी दिएकी थिइन् । सरकारी वकिलले अनुसन्धान गर्न भन्दै उक्त जाहेरी जिल्ला प्रहरी परिसर, टेकुमा पठाएको थियो l
तर, प्रहरीले अनुसन्धानका क्रममा जाहेरीमा भनिएअनुसार जबरजस्ती करणीमा संलग्न भएको आधारहरु नभेटिएको भनेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, सरकारी वकिल र प्रहरीबीच छलफलपछि जाहेरीमा प्रस्तुत विषयहरु तथ्यसंगत नदेखिएपछि तामेलीमा राख्ने निर्णय भएको हो ।
‘कानूनी रुपमा अघि बढ्नलाई तत्काल प्रस्तुत प्रमाणले पुग्दैन भन्ने निष्कर्ष रह्यो, त्यसपछि पछि कुनै प्रमाण देखिए त्यही अनुसार हुने गरी तामेलीमा राख्ने निर्णय भएको छ’, उनले अनलाइनखबरसँग भने, ‘सरकारी वकिलको कार्यालयबाट यो निर्णय भएको हो ।’
पीडितले केही वर्षयता आफूहरु प्रेम सम्बन्धमा रहेपनि पछि बस्नेतले झुक्याएर बलात्कार र गर्भपतन गराएको जिकिरसहित किटानी जाहेरी दिएकी थिइन् । भनेर online खबरले समाचार लेखेको छ l
फाइल फोटो प्रयोग गरिएको छ l
ओलीले भारत–चीनबिचको पछिल्लो सहमतिबारे नेपालको असन्तुष्टि जनाई सच्याउन दबाब दिन सक्नेछन् ।
आफूहरूप्रति समुदाय र विभिन्न निकायमा बनेको विश्वास समूहको ताकत भएको आबद्ध महिलाको भनाइ छ ।
यो नियम अमेरिकाको भिजिटर भिसा बी वान, बी टु आवेदकहरुमा लागु हुनेछ ।