इन्द्रेणीले निकालेका ५ जना कलाकारहरूसँग कृष्ण कँडेलको सम्झौता, शर्मिला सहमतिमा आइनन्

काठमाडौं, फाल्गुन ११
इन्द्रेणीबाट निकालिएका ६ जनामध्ये ५ कलाकारको सञ्चालक कृष्ण कँडेलसँग समझदारी भएको छ । कँडेलसँग दुई दिन वार्ता गरेपश्चात उनीहरूले लिखित सहमतिमा हस्ताक्षर गरेका छन् ।
हिजो राति सहमतिमा हस्ताक्षर भएको स्रोतले बताएको छ । दुवै पक्षले एक–अर्काविरुद्ध कुनै पनि सार्वजनिक अभिव्यक्ति नदिने प्रतिवद्धता सहमतिपत्रमा गरिएको छ । निकालिएका कलाकारहरूले चाहेमा इन्द्रेणीमा फर्काउन कँडेल तयार भएका छन् । तर, कलाकारहरूले तत्काल नफर्किने बताए । कँडेलको विरुद्धमा धेरै कुरा बोलेकाले अहिले फर्किँदा अप्ठेरो पर्न सक्ने उनीहरूको भनाइ थियो ।
इन्द्रेणीबाट शर्मिला श्रेष्ठ, लक्ष्मीप्रसाद घिमिरे, पूर्णप्रसाद कँडेल, जीवन टन्डन र थप दुई जना निकालिएका थिए । उनीहरुले एकसाथ फेसबुक लाइभ आएर कँडेलमाथि विभिन्न आरोप लगाएका थिए । उनीहरूमध्ये शर्मिला श्रेष्ठले कँडेलले आफूलाई यौन दुर्व्यवहार गरेको दावी समेत गरेकी छन् ।
यस्तो आरोपको प्रतिवादमा कँडेलले पनि पत्रकार सम्मेलन गरेका थिए । उनले अदालतमा मानहानीको मुद्दा पनि दिएका छन् । सो मुद्दा परेपछि निकालिएका कलाकारहरू कँडेलसँग सम्झौतामा आउन तत्पर भएका हुन् ।
अस्ति र हिजो दुई पक्षबीच वार्ता भएको थियो । तर वार्तामा बोलाइए पनि शर्मिला भने आइनन् । बरु उनले हिजो फेरि एक्लै पत्रकार सम्मेलन गरेर कँडेलमाथि थप आरोप लगाएकी छन् । कँडेलले स्कुटरमा चढ्दा पनि आफूमाथि दुर्व्यवहार गरेको उनको नयाँ दावी छ भन्दै नेपाल प्रेसले खबर लेखेको छ l पत्रपत्रिका स्तम्भ अन्तर्गत हामीले यो खबर लिएका हौँ l सम्बद्ध सबैलाई akabarey,com धन्यवाद व्यक्त गर्दछ l
माण्ठ हुँ म माण्ठ हुँ म माण्ठ जुर्मुराउँछु छ आँत तप्त अग्नि झैँ म अग्नि भर्भराउँछु
‘नेपाल आइडल’ सिजन–६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले आफ्नो बनाउन सफल भएकी छन् ।
अभिनेता आचार्यले उक्त चलचित्र आउँदो दसैँलाई लक्षित गर्दै असोज १३ गते प्रदर्शन हुने जानकारी दिनुभयो ।