इजरायली आक्रमणमा परी गाजामा मृत्यु हुनेको संख्या १६ हजारमा ७० प्रतिशत महिला र बालबालिका

काठमाडौं, मङ्सिर, १९
इजरायली आक्रमणमा परी गाजामा मृत्यु हुनेको संख्या १६ हजार नजिक पुगेको हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बीबीसीका अनुसार मन्त्रालयले आइतबार तथ्यांक सार्वजनिक गरेदेखि अहिलेसम्म थप ३४९ जनाको मृत्यु भएको जनाएको छ ।
मन्त्रालयका अनुसार अक्टोबर ७ मा सुरु भएको इजरायल–हमास युद्ध पछि गाजामा १५ हजार ८९९ जनाको मृत्यु भएको छ । गाजाको स्वास्थ्य मन्त्रालय हमासले सञ्चालन गरिरहेको छ ।
मारिनेमा ७० प्रतिशत महिला र बालबालिका रहेका हमासले जनाएको छ ।
अक्टोबर ७ मा हमास लडाकुहरूले इजरायल प्रवेश गरी आक्रमण गर्दा १२०० इजरायलीको मृत्यु भएको थियो । हमासले करिब २४० जनालाई बन्धक बनाएर गाजा फर्काएको थियो ।
लगत्तै इजरायलले हमासविरुद्ध आक्रमण सुरु गरेको थियो । इजरायलले युद्धको उद्देश्य हमासलाई गाजा पट्टीबाट हटाउनु रहेको बताएको छ ।
शुक्रबार समाप्त भएको सात दिने अस्थायी युद्धविराममा १०० भन्दा बढी बन्धकहरूलाई रिहा गरिएको थियो।
“नेपालमा मैले शिक्षादानको माध्यमबाट समाज रूपान्तरणको प्रयास थालेँ । जब अमेरिका आएँ, त्यही सेवाभावलाई...
डुङ्गामा १५४ जना मानिस थिए। यसमध्ये १२ जनालाई मात्रै सकुशल उद्धार गर्न सकिएको छ।
यो भ्रमणमा युरोपेली संघसँगको प्रमुख व्यापार सम्झौताको खाका पनि तय भएको छ ।