इजरायल,गाजा युद्धमा कम्तीमा ६३ जना पत्रकार तथा सञ्चारकर्मीहरू मारिए

कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सिपिजे – पत्रकार संरक्षण समिति ) ले सोमबार जारी गरेको विज्ञप्ति अनुसार गत अक्टोबर ७ देखि सुरु भएको इजरायल-गाजा द्युद्धमा गाजा, इजरायल र लेबनानमा गरी कम्तीमा ६३ जना पत्रकार तथा सञ्चारकर्मीहरु मारिएका छन्।
मृत्यु हुनेमा ५६ प्यालेस्टिनी, ४ इजरायली र ३ लेबनानी पत्रकारहरु भएको सीपीजेले जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “गाजाका पत्रकारहरूले विशेष गरी उच्च जोखिमको सामना गर्नु परेको छ । किनभने उनीहरूले इजरायली भूमि हमलाको क्रममा विनाशकारी इजरायली हवाई आक्रमण, अवरुद्ध सञ्चार, आपूर्ति अभाव र व्यापक बिजुली कटौती सहितको द्वन्द्वलाई समाचार बनाउने, लेख्ने, सङ्कलन गर्ने प्रयास गर्छन्।”
पत्रकार वकालत समूहले सन् १९९२ मा खोज सुरु गरेयता द्वन्द्व पत्रकारका लागि सबैभन्दा घातक महिना भएको बताएको छ । “सीपीजेले युद्धमा मारिएका, घाइते भएका र बेपत्ता भएका पत्रकार र सञ्चारकर्मीहरूका सबै प्रतिवेदनहरूको अनुसन्धान गरिरहेको छ “ उक्त समूहले बिज्ञप्ति मार्फत जानकारी गराएको छ ।
ओलीले भारत–चीनबिचको पछिल्लो सहमतिबारे नेपालको असन्तुष्टि जनाई सच्याउन दबाब दिन सक्नेछन् ।
आफूहरूप्रति समुदाय र विभिन्न निकायमा बनेको विश्वास समूहको ताकत भएको आबद्ध महिलाको भनाइ छ ।
यो नियम अमेरिकाको भिजिटर भिसा बी वान, बी टु आवेदकहरुमा लागु हुनेछ ।