रुक्शना कपाली, विश्वका १०० प्रभावशाली नारीको सूचीमा

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले प्रकाशित गरेको संसारभरका प्रेरणादायी एवं प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्शना कपाली पनि परेकी छन् ।बीबीसीले हरेक वर्ष संसारभरका प्रेरणादायी एवं प्रभावशाली सय महिलाको सूची प्रकाशन गर्दै आएको छ ।
सन् २०२३ मा संसारभरका प्रेरणादायी एवं प्रभावशाली सय महिलाको सूचीमा नेपालकी कपाली ‘हाउजिङ क्याम्पेनर’ अन्तर्गत सूचीमा परेकी हुन्।
उनी यौनिक तथा लैंगिक अल्पसंख्यक अभियन्ताकारूपमा क्रियाशील छन् । बीबीसीले मंगलबार जारी गरेको सूचीमा कपालीले यौनिक तथा लैंगिकताका विषयमा आफैं सिक्दै आएको उल्लेख छ।
अहिले एलएलबी तेस्रो वर्षमा अध्ययनरत उनी नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई कानूनी तथा संवैधानिक अधिकार दिलाउन संघर्षरत छन् ।
बीबीसीको सय प्रेरणादायी एवं प्रभावशाली महिलाको सूचीमा जलवायु अभियन्ता, संस्कृति तथा शिक्षा, मनोरञ्जन र खेलकूद, राजनीति र वकालत तथा विज्ञान, स्वास्थ्य र प्रविधि विधामा संसारभरका महिला समेटिएका छन्। यसमा अमेरिकी पूर्व प्रथम महिला मिसेल ओबामा, मानव अधिकारकर्मी अमाल क्लूनी, हलिउड स्टार अमेरिका फेरेरा र बलिउड अभिनेत्री दिया मिर्जालगायत छन् ।
गोरखा सेवा समाज कतारको १३औं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम दोहाको सनैया स्थित वइलफेयर रेस्टुरेन...
नेपाल र चीनबीच केबल भौगोलिक मात्र होइन सदियौँदेखि ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धहरु छन् ।
चाडबाडको समयमा विदेशमा रहेका अधिकांश अभियान्ता, पञ्जिकृत सदस्यहरू नेपाल आउँछन् उक्त समय नै एकताको ला...