जुत्तामा आचार्य लेख्ने कम्पनीलाई कारबाही माग

काठमाडौं, मङ्सिर,६
आचार्य बन्धु समाज नेपालले जुत्तामा आचार्य लेखिएको भन्दै कम्पनीलाई अनुसन्धान गरी कारबाही गर्न माग गर्दै नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा निवेदन दिएको छ।
आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्य र महासचिव शुभनराज आचार्यको एक टोलीले सोमबार महाराजगञ्जस्थित सिआइबीकाे कार्यालयमा गएर निवेदन दर्ता गराएका हुन्।
केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी वरीष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले साइबर ब्यूरोमा अनुसन्धानका लागि पठाइने र प्रहरीले आफ्नो अधिकारअनुसार दोषीलाई कारबाही गर्ने बताए।
उजुरीमा आचार्य थरप्रति नै अपमानजनक कार्य गर्ने व्यक्ति वा संस्था को हो ? त्यस सम्बन्धमा यथासिघ्र अनुसन्धान गरेर दोषीमाथि प्रचलित कानूनबमोजिम कडा कारबाहीको माग गरिएको छ l
केही दिन अगाडिको आचार्य बन्धु समाज नेपालको केन्द्रीय समिति बैठकले जुत्ता कम्पनीविरुद्ध सिआइबीमा निवेदन दिने निर्णय गरेको थियो।
दुर्गा प्रसाईको जीवन रक्षाको लागि समेत विज्ञप्तिमा आव्हान गरिएको छ l
ट्रम्पको निर्णयले जलवायु परिवर्तन, जन स्वास्थ्य, शिक्षा र जीविकोपार्जन जस्ता क्षेत्रमा नकारात्मक अस...
कैँची प्रहारबाट गम्भीर घाइते भएका लालबहादुरलाई राति नै धनगढीको निसर्ग अस्पताल पुर्याइएको थियो ।