एनआरएनए अध्यक्ष आरके शर्मा नेतृत्वद्वारा भूकम्पग्रस्त क्षेत्रमा २१ लाख सहयोग

सुरेश भट्ट आश्रिन दोहा,
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष आरके शर्माले भूकम्प पीडितलाई सहयोग गर्न विदेशमा बस्ने नेपालीलाई आह्वान गरेका छन् । शर्माले सरकार र पीडितलाई यो दुःखको घडीमा आवश्यक सहयोगको लागि गैरआवासीय नेपाली सङ्घ तयार रहेको बताएका छन् । ‘राहत उद्धारमा केन्द्रित हुन सरकारलाई अनुरोध गर्दै विगतमा जस्तै विदेशमा बस्ने नेपालीलाई भूकम्प पीडितलाई सहयोग गर्न हरप्रकारले जुट्न अनुरोध गरेकाछन् l शर्माले जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर निधन भएकाहरूलाई हार्दिक श्रद्धाञ्जली दिँदै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ठुलो जनधनको क्षति भएको छ भने कयैन घरबार विहीन भएका छन्। भूकम्प ६.४ म्याग्निच्युडको गएको हो । उक्त भूकम्पबाट हालसम्म १५७जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाईते भएका छन् ।
गैरआवासीय नेपाली सङ्घ अध्यक्ष राजेन्द्र कुमार शर्मा (आर के) सहितको टोली आइतबार भूकम्प ग्रस्त क्षेत्रमा राहत लिएर जाँदै छ। उक्त प्रभावित क्षेत्रमा एनआरएनए अभियन्ताहरूद्वारा सङ्कलन गरिएको २१ लाख रूपैयाँ नेपाल सरकारको राहत तथा उद्धार कोषमा हस्तान्तरण गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ।
“नेपालमा मैले शिक्षादानको माध्यमबाट समाज रूपान्तरणको प्रयास थालेँ । जब अमेरिका आएँ, त्यही सेवाभावलाई...
डुङ्गामा १५४ जना मानिस थिए। यसमध्ये १२ जनालाई मात्रै सकुशल उद्धार गर्न सकिएको छ।
यो भ्रमणमा युरोपेली संघसँगको प्रमुख व्यापार सम्झौताको खाका पनि तय भएको छ ।