भूकम्पपीडितलाई ५० लाख दिने कांग्रेसको घोषणा

काठमाडौं, कार्तिक, १८
नेपाली कांग्रेसले भूकम्प प्रभावितलाई प्रदान गर्न सरकारी कोषमा पचास लाख दिने घोषणा गरेको छ। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारको कोषमा नेपाली कांग्रेसका तर्फबाटपचास लाख दिने घोषणा गरेको जानकारी दिए।
जारी विज्ञप्तिमा भनिएको छ, ‘जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११:४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको घटनाले समस्त नेपालीलाई मर्माहत र दुखी बनाएको छ । यस्तो समयमा सरकार, राजनैतिक दलहरु, संघ-संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न नेपाली कांग्रेस सबैमा अपील गर्दछ ।’
स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न नेपाली कांग्रेस अपील गरेको छ।
तपाईको नासो नेपाली काँग्रेसको यो कार्यवाहक सभापतिको पद तपाईलाई फिर्ता बुझाउँदछु l
जनमतबाट विभाजित नेताहरूको अगुवाइमा असोज ३ र ४ गते जनकपुरधाममा भएको भेलाले स्वराज पार्टीको घोषणा गरेक...
हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ । देशको सीमाना विस्तार ग...