स्वदेश फर्केका क्रिकेट खेलाडीहरूलाई एयरपोर्टमा बाजागाजा सहित स्वागत

काठमाडौँ, असोज,१८
एसियन गेम्समा सहभागी भएर नेपाली क्रिकेट टीम स्वदेश फर्किएको छ । प्रतियोगितामा कुनै पदक जित्न नसके पनि उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू उज्यालो अनुहार लिएर फर्केका छन् l
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली क्रिकेट टोलीको स्वागत आज विशेष रूपमा गरिएको थियो । खेलाडीहरूलाई पहिलो आम यात्रुहरू निस्किने टर्मिनलबाटै बाहिर निकालिन्थ्यो ।आज भने भिन्दै टर्मिनलबाट निकालियो । नेपाल प्रहरीले टीमका स्वागत गर्न बाजागाजासमेत व्यवस्था गरेको थियो ।
प्रहरीका खेलाडी दीपेन्द्र सिंह ऐरीले एसियन गेम्स क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्वकीर्तिमान कायम गरेका थिए । सम्भवतः त्यसैलाई सेलिब्रेट गर्न प्रहरीले विशेष रूपमा स्वागत गरेको हो ।
सोचेजस्तो नतिजा ल्याउन नसके पनि समग्रमा प्रतियोगिता राम्रो भएको खेलाडी र दर्शकको समेत प्रतिक्रिया छ l
यस प्रतियोगितामा नेपालले मंगोलिया र माल्दिभ्सलाई सहज रूपमा हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो ।
क्वाटरफाइनलमा भने भारतसँग कडा प्रतिस्पर्धामा पराजित भएको हो । भारतसँग खेल हारे पनि नेपालले मन जितेको प्रतिक्रिया सर्वत्रबाट आइरहेको छ । खेल हार जितको नियम हो l प्राविधिक जित हार भन्दा पनि खेलको उत्कृष्ट पर्दर्शनले खेलाडीको क्षमताबारे बताउँछ l
पाल्पा साइक्लिङ सङ्घको आयोजनामा आज तानसेनको टुँडिखेलबाट उक्त च्यालेञ्ज सुरू भएको हो ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५,आरुचौरमा जन्मिनुभएका क्रिकेटर लामिछानेको सम्मानमा सोही वडाको था...
९९ वर्षीया झुलेका शताब्दी व्यक्तित्व श्री कटकबहादुर तामाङ ले सिल्ड / मेडल र प्रमाण-पत्र प्रदान गर्नु...