अनशनरत भारतीको अडान, न्याय नपाएसम्म घर नफर्किने बरू मर्ने

काठमाडौ, असोज, १८
भारती मानन्धरले अनशनलाई आज दोस्रो दिन जारी राखेकी छन् । श्रीमान चेतन मानन्धरलाई न्यायको माग गर्दै बुधबारदेखि भारतीले काठमाडौंको माइतीघरमा अनशन थालेकी हुन् ।
संविधान दिवसको अवसर पारेर पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ढकालसहित ६ सय ७० जनालाई आममाफी दिएका थिए l
भारतीले रिगललाई कैद सयजा मिनाह दिने राष्ट्रपतिको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट समेत दिएकी छन् ।
बुधबार अनशनस्थलबाटै सर्वोच्च पुगकी भारती तारेख बुझेर फर्किने क्रममा अदालत परिसरमै ढलेकी थिइन् । त्यसपछि उनलाई वीर अस्पताल लगिएको थियो । उपचारपछि आज उनले फेरि अनशन थालेकी हुन् । उनको समर्थनमा थुप्रै मिडियामा लेख्न बोल्न थालिएको छ l आम मान्छेले राष्ट्रपतिलाई विवेकहीन निर्णयमा सही गरेको भनेर विरोध गरेका छन् l
रिगलले खुँडा प्रहार गरी २९ असार २०७२ सालमा भारतीका श्रीमान् २९ वर्षीय चेतन मानन्धरको हत्या गरेका थिए। त्यसपछि कर्तव्य ज्यान मुद्दामा रिगललाई बाँके जिल्ला अदालतले २०७५ वैशाखमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
भारतीले न्याय नपाएसम्म घर नफर्कने अडान लिएकी छन् । योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि सुनुवाइका लागि आज पेसी तोकिएको छ । न्यायाधीश मनोजकुमार शर्मा को एकल इजालसमा सुनुवाइका लागि पेसी तोकिएको हो ।
ढकालको आममाफीको विषयमा सरकारको चर्को अलोचना भइरहेको छ। कांग्रेसकै एक समूहले यो विषयमा विमति राखिरहेको छ। हालै भएको केन्द्रीय समितिकै बैठकमा नै कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले यो विषय उठाएका थिए। तर,उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले बचाउ गर्दै कानुन प्रक्रिया पुर्याएर नै ढकाललाई आममाफी दिएको बताएका थिए।
सार्वजनिक रूपमा प्रतिपक्ष दल एमाले र विपक्षहरूले भने ढकालको आममाफीको विषयमा सरकारको चर्को अलोचना गरिरहेका छन्।
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली संसद्मा नै ढकालको आममाफीको चर्को आलोचना गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अपराधीलाई उन्मुक्ति दिएको भन्दै सरकारको आलोचना गरेका छन् । रास्वपा सभापति लामिछानेसहितका नेताहरूले राष्ट्रपति पौडेललाई भेटेर तीन बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...
प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु प...
पार्टीले "सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र" लाई मार्गदर्शक सिद्धान्तको रूपमा लिँदै पूर्ण समानुपात...