गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरियाको अध्यक्षमा विपिन कुमार गुरुङ

सुरेश भट्ट आश्रिन दोहा,
गैरआवासीय नेपाली संघ एनआरएनए दक्षिण कोरियामामा विनोद कुँवर नेतृत्वको छुट्टै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसिसी) गठन भएको छ । गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय अध्यक्ष विनोद कुँवरको प्रमुख आतिथ्यमा तथा सचिव जुनु गुरुङको विशेष आतिथ्यमा भएको भेलाबाट विपिन कुमार गुरुङ दक्षिण कोरियाका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
समितिको उपाध्यक्षमा महेश बजागाई, जित कुँवर तथा महासचिवमा प्रशान्तराज बानियाँ, सचिवमा अवदेश राज चौरासिया, सहकोषाध्यक्षमा मदन गौतम, युवा संयोजकमा अजय सोडारी, महिला संयोजकमा सोरी रानाभाट चयन भएका छन् भने कार्यसमिति सदस्यहरूमा : युवराज गौतम, नरेश शर्मा, अविरल राम वुढाथोकी, विमला सुनुवार र गोबिन्द पोखरेल चयन भएका छन् बाँकी रहेका रिक्त पदहरु कार्यसमितिले चाँडै परिपूर्ति गर्ने गरी सहमति भएको छ।
NRNA को राष्ट्रिय समितिहरू मध्यको शक्तिशाली मानिएको दक्षिण कोरियामा संस्थापन पक्ष तथा केन्द्रीय अध्यक्ष विनोद कुँवरको टिम बलियो बन्न पुगेको छ । कुँवरले नेतृत्व गरिरहेका NRNA-NCC ले विभिन्न देशहरूमा चरणबद्ध अधिवेशन गर्दै आएको छ । कोरिया १९ औँ पुनर्गठन समिती बन्न पुगेको हो । गैरआवासीय नेपाली संघको विधानलाई दुरूपयोग गरी भागबण्डामा विभक्त तिन अध्यक्ष (बद्रि केसी, कुल आचार्य, रविना) सहितको समुह एकातर्फ र एकल अध्यक्ष सहित विधानले निर्दिष्ट गरेको विधिद्वारा कार्यसम्पादन गर्दै आएका शेष घले संरक्षित विनोद कुँवर समुह दुवै यतीवेला आ-आफ्नो अस्तित्वको लडाइँ लडिरहेका छन् । त्रय अध्यक्ष रहेको समुहले यही अक्टोवर १७ देखि २० तारिख अधिवेशन गर्ने तयारी थालेको छ ,भने विनोद कुँवर अध्यक्षको टिमले मार्चभित्रमा आफ्नो केन्द्रिय अधिवेशन सम्पन्न गर्ने गरी आन्तरिक रूपमा गृहकार्यमा जुटेको छ ।
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड"को रोहवरमा एकताबद्द हुने प्रतिबद्धता, व्यक्त गरेपनि हस्ताक्षर भएको एकता संझौतापत्र अनुसार कार्यान्वयन नगरी विषयान्तर गर्दै आफूहरू माथिएकताको नाममा बेइमानी गरेको भएको कुँवर नेतृत्वको भनाई छ । गैरआवासीय नेपाली संघका संस्थापक तथा अध्यक्ष विनोद कुँवर नेतृत्वको सल्लाहकार धरम केसीका अनुसार बाँकी रहेका मध्यपूर्व र यूरोपियन देशहरूमा छिट्टै अधिवेशन सम्पन्न गर्न राष्ट्रीय समन्वय परिषद् लाई पत्राचार गरिसकेको बताए।
“नेपालमा मैले शिक्षादानको माध्यमबाट समाज रूपान्तरणको प्रयास थालेँ । जब अमेरिका आएँ, त्यही सेवाभावलाई...
डुङ्गामा १५४ जना मानिस थिए। यसमध्ये १२ जनालाई मात्रै सकुशल उद्धार गर्न सकिएको छ।
यो भ्रमणमा युरोपेली संघसँगको प्रमुख व्यापार सम्झौताको खाका पनि तय भएको छ ।