प्रा.डा. दलबहादुर अधिकारी भेट्टाउनेलाई ५५५५५५ इनाम

प्रा.डा. दलबहादुर अधिकारी (डिबी) सम्पर्कविहीन भएका छन् । उनी बुढानिलकण्ठ नगरपालिका १ पञ्चकन्या टोलबाट गत साउन ३२ गतेबाट सम्पर्कविहीन भएका हुन् ।
अधिकारीका परिवारले भनेका छन्,'बिहान १०:४५ बजेदेखि मुहानपोखरीतर्फ जानुभएको र हाल सम्म पनि फर्केर नआउनु भएकोले उहाँलाई भेट्नु हुने, देख्नु हुने जो कोहिले तल दिएको नम्बरमा खबर गरिदिनु हुन अनुरोध गर्दछौं ।'
६८ वर्षीय अधिकारीको खोजी सबैतिर भए पनि हालसम्म फेला नपरेको परिवारले बताएका छन् । कसैले देखेमा नजिकैको प्रहरी कार्यालय वा ९८४१ ४२४२६२ र ९८४१९३२२४८ को मोबाइल नम्बरमा सम्पर्क गर्न उनीहरूले अनुरोध गरेका छन् । साथै भेट्टाउनेलाई ५५५५५५ इनाम दिइने पनि परिवारले सूचना जारी गरेको छ l
आफ्नो समयमा गणित विषय अध्यापन गर्दै आएका अधिकारीले नेपालको शैक्षिक विकासमा ४१ वर्ष खर्चेका छन् l उनै अधिकारी अहिले हराइरहेका हुँदा घपरिवार आफन्त र विद्यार्थी ठुलो पिरलोमा छन् l उनको आगमनको प्रतिक्षामा घर परिवार रात दिन आँखा खोलेर र कान चनाखो पारेर बसिरहेका छन् l
ओलीले भारत–चीनबिचको पछिल्लो सहमतिबारे नेपालको असन्तुष्टि जनाई सच्याउन दबाब दिन सक्नेछन् ।
आफूहरूप्रति समुदाय र विभिन्न निकायमा बनेको विश्वास समूहको ताकत भएको आबद्ध महिलाको भनाइ छ ।
यो नियम अमेरिकाको भिजिटर भिसा बी वान, बी टु आवेदकहरुमा लागु हुनेछ ।