एनआरएन संस्थापक केसीको अध्यक्षलाई प्रश्न

गैरआवासीय नेपाली संघको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनको तयारीको दौडधुप चलिरहेको र अध्यक्ष पदमा उम्मेद्वारी दिएकाहरू मध्यपूर्वका देशहरूमा तिब्र भेटघाटको गर्मागर्मी बढिरहेको समय संस्थापक धरम केसीले अध्यक्षका उमेद्वारहरूलाई गम्भीर प्रश्न गरेका छन् ।
सामाजिक संजाल फेसबुकमा एक स्टाटस् लेख्दै केसीले नेतृत्वहरूलाई ४ बूँदाहरू सार्वजनिक गर्दै पश्न गरेका हुन् । उनले NRNA संगठनको मुद्दा अदालतमा विचाराधीन रहिरहेकै बेला अधिवेशन नै अन्ततः होला, नहोला ? विचाराधीन मुद्दाको किनारा नलाग्दै अधिवेशन कसरी होला ? र त्यसको मान्यता र अदालतले ढिलो चाँडो दिने कानुनी वैधता (फैसला) उनिहरू अनुकूलन नभए ११ औँ अधिवेशनको औचित्य नरहेको बताएका छन् ।
खाडी राष्ट्रबाट (मध्यपुर्ब) पनि संघको नेतृत्व सहित प्रायः सबैजसो प्रमुख पदहरूमा उम्मेदवारी दिने घोषणा भइरहेको अवस्थामा बिगतमा टिबी कार्कीले दिएको अध्यक्ष पदको घोषणा अन्ततः के भएको थियो स्मरण गर्न सम्झाएका छन् l
मध्यपूर्वको साउदी, कतारमा लामो समयदेखि काम गरिरहेको धरम केसीले यसै क्षेत्रबाट उम्मेद्वारी दिएका अध्यक्ष पदका उम्मेदवारहरूलाइ राखेका प्रश्नहरू:
१. मध्यपुर्ब (क्षेत्र)ले चक्रिय प्रणाली कार्यान्वयन गर्दै (प्रतिस्पर्द्धा भए पनि यहि क्षेत्रभित्रका बिच नै हुने, अरू क्षेत्रले दावी नै गर्न नमिल्ने) अर्थात ढिलो चांडो स्वतः नेतृत्व गर्न पाउने अधिकार नै बिधानमै लिपिबद्ध गरेर सुरक्षित गरेको बिनोद कुंवर नेतृत्वको हाम्रो एनआरएनएमा ऐक्यबद्धता जनाएर संघलाइ पुनः एकिकृत (एउटै) बनाउन तपाईंहरूलाई कस कसले किन रोके र एकता गर्न हस्ताक्षर गरेर पनि कार्यान्वयनमा बेइमानी गर्नुभयो ? के तपाईंहरु मध्यपुर्बको यो वैधानिक अधिकार विरोधी हुनुहुन्छ ?
२. मतदाता सूची समेत प्रकाशन नगरी गरिएका राष्ट्रिय अधिवेशन(हरू)लाई मान्यता दिने तपाईँहरूले टेकेको बैधानिक धरातल कुन र कस्तो होला ?
३. मध्यपुर्बबाट संघको अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएका ब्यक्ति कतारमा ४ महिना जेलमा किन बस्नुभयो? कुनै बेला स्वयम पनि “भुँइमान्छे” रहेको बताउने राजेन्द्र शर्मा अहिले रेमिटान्स अर्थात “पैसो” बाहेक अरू कुरै गर्नुहुन्न, किन ? त्यही रेमिटान्स आर्जन गर्नका लागि यस क्षेत्रमा रोजगाररत लाखौं अरू नेपाली भुँइमान्छेका असली मुद्दा (श्रमिक अधिकार, न्याय र क्षतिपूर्ति सहितका उद्धार) बारे किन चिन्ता, चासो र सरोकार नै देखिन्न ?
४. कोभिड कालमा आएको ILO प्रोजेक्टमा तपाईंको कति प्रत्यक्ष अप्रत्यक्ष सहभागी हुनु (मुछिनु) भयो, त्यसमा भ्रस्टाचार र अनियमितता भएको र त्यही कारण परियोजनाको अन्तिम र सर्वाधिक महत्वपूर्ण फेज (3rd R – Re-habilitation/Re-Integration) नै ILO ले नै रद्ध गरिदिएको बारे के भन्नुहुन्छ ?
यस्ता प्रश्नहरू गर्दै केसीले जवाफदेहि बन्दै सुधारात्मक र रचनात्मक चिन्तन तर्फ जान सुझाएका छन् l राजेन्द्र कुमार शर्मा (आर. के.) रहेकै देश कतार विभाजनमा रहेको छ l संस्थाकै नेतृत्व लिन सक्ने दावी गरिरहेका शर्माले कतार समेत मिलाउन सकेका छैनन् ।
गोरखा सेवा समाज कतारको १३औं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम दोहाको सनैया स्थित वइलफेयर रेस्टुरेन...
नेपाल र चीनबीच केबल भौगोलिक मात्र होइन सदियौँदेखि ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धहरु छन् ।
चाडबाडको समयमा विदेशमा रहेका अधिकांश अभियान्ता, पञ्जिकृत सदस्यहरू नेपाल आउँछन् उक्त समय नै एकताको ला...