बागमती प्रदेशमा एमाले अध्यक्ष कैलाश ढुङ्गेल विजयी
काठमाडौँ. असोज, १२
नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुङ्गेल विजयी भएका छन् । ढुङ्गेल रामेछाप जिल्लाका हुन् l राति सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार ढुङ्गेलले अर्का उम्मेदवार कृष्ण दाहाललाई पराजित गरेका हुन् ।
ढुङ्गेल ६९६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार कृष्ण दाहालले भने ४३९ मत प्राप्त गरेका छन् ।उपाध्यक्षमा दावादोर्जे लामा ६१५ मत सहित विजय भएका छन् त्यस्तै गरी उपसचिवमा प्रेमकुमार महर्जन र भक्त कुमारी लामा विजयी भएका छन् l
ढुङ्गेल एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् भने उनको चुनावी अभियानमा एमाले नेता महेश बस्नेत लगायत सक्रियतापूर्वक लागेका थिए । इतर समूहको प्रतिनिधित्व गर्ने दहाललाई अर्का नेता गोकुल बाँस्कोटालगायत जिताउन लागिपरेका थिए । सहमतिको प्रयास सफल नभएपछि शुक्रबार नेतृत्व चयनका लागि एमाले पार्टी कार्यालय च्यासलमा मतदान भएको थियो ।
त्यस्तै सचिवमा ५६८ मतसहित नवराज सिलवाल विजयी भएका छन् । सचिवका अर्का उम्मेदवार हस्त पण्डितले ५६७ मत प्राप्त गरेका छन् । सिलवालले एक मत ब बढी पाएर सचिवमा विजय प्राप्त गरेका हुन् l
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l
पार्टीको आज जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परिया...