बागमती प्रदेशमा एमाले अध्यक्ष कैलाश ढुङ्गेल विजयी
काठमाडौँ. असोज, १२
नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुङ्गेल विजयी भएका छन् । ढुङ्गेल रामेछाप जिल्लाका हुन् l राति सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार ढुङ्गेलले अर्का उम्मेदवार कृष्ण दाहाललाई पराजित गरेका हुन् ।
ढुङ्गेल ६९६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार कृष्ण दाहालले भने ४३९ मत प्राप्त गरेका छन् ।उपाध्यक्षमा दावादोर्जे लामा ६१५ मत सहित विजय भएका छन् त्यस्तै गरी उपसचिवमा प्रेमकुमार महर्जन र भक्त कुमारी लामा विजयी भएका छन् l
ढुङ्गेल एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् भने उनको चुनावी अभियानमा एमाले नेता महेश बस्नेत लगायत सक्रियतापूर्वक लागेका थिए । इतर समूहको प्रतिनिधित्व गर्ने दहाललाई अर्का नेता गोकुल बाँस्कोटालगायत जिताउन लागिपरेका थिए । सहमतिको प्रयास सफल नभएपछि शुक्रबार नेतृत्व चयनका लागि एमाले पार्टी कार्यालय च्यासलमा मतदान भएको थियो ।
त्यस्तै सचिवमा ५६८ मतसहित नवराज सिलवाल विजयी भएका छन् । सचिवका अर्का उम्मेदवार हस्त पण्डितले ५६७ मत प्राप्त गरेका छन् । सिलवालले एक मत ब बढी पाएर सचिवमा विजय प्राप्त गरेका हुन् l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...