कतारमा "नवीन चिन्तन, प्रेरणात्मक सत्संग " सम्पन्न

सुरेश भट्ट आश्रिन - दोहा,
सहृदयता अन्तर्राष्ट्रियको आह्वानमा प्रवासी नेपाली एकता समाज (पानस) को प्रमुख आयोजनामा 'विश्वशान्ति तथा अध्यात्म विज्ञान' समाजका संस्थापक अध्यक्ष योगाचार्य गुरु श्री राजन शर्माज्यूको प्रमुख आतिथ्यमा नवीन चिन्तन प्रेरणात्मक सत्संग कतारमा सम्पन्न भएको छ ।
प्रमुख वक्ता आचार्य श्री राजन शर्माले विश्वलाई शान्ति दिलाउने मार्ग नेपालबाट सुरूवात भएको योग विश्वव्यापी गर्दै विश्व गुरुराष्ट्र नेपाललाई बनाउने उद्देश्यले विश्वभर ४५औँ समितिहरूले काम गर्दै आएको र नेपालका ७७ जिल्लामा योजनाबद्ध समितिको निर्माण भएको बताएका छन्।
उक्त सत्संग कार्यक्रममा पानसका वर्तमान अध्यक्ष श्री तिलक श्रेष्ठले सभाध्यक्ष गरेका थिए भने सत्संगमा सांगीतिक कोशेली गायक रामजी पौडेल क्षेत्रीले प्रस्तुत गरेका थिए। रूपकराज राउतले सहृदयता अन्तर्राष्ट्रियको बारेमा र योगको भूमिका विश्वशान्ति तथा अध्यात्म विज्ञान समाजको बारेमा झपट बहादुर कुँवरले प्रकाश पारेका थिए।
पानसका समाजको प्रमुख सल्लाहकार श्री सुरेन्द्र चन्द्रले शुभकामना मन्तब्य राख्नु भएको थियो । कतारमा पनि विश्वशान्ति तथा अध्यात्म विज्ञान समाज (GSPSS) शाखाको पनि आचार्य श्रीको सानिध्यमा समिति गठन भएको छ l यो ४५ औँ अन्तर्राष्ट्रिय समिति हो। जसको उद्येश्य नेपाललाई विश्वसामु योगको माध्यमबाट विश्वशान्ति फैलाउनु रहेको रमेश बाँस्तोलाले जानाकारी दिएका छन् ।
विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज कतार तिलक श्रेष्ठको अध्यक्षतामा गठन भएको छ l
“नेपालमा मैले शिक्षादानको माध्यमबाट समाज रूपान्तरणको प्रयास थालेँ । जब अमेरिका आएँ, त्यही सेवाभावलाई...
डुङ्गामा १५४ जना मानिस थिए। यसमध्ये १२ जनालाई मात्रै सकुशल उद्धार गर्न सकिएको छ।
यो भ्रमणमा युरोपेली संघसँगको प्रमुख व्यापार सम्झौताको खाका पनि तय भएको छ ।