न्यूयोर्क सहरमा चन्द्र सूर्य अङ्कित नेपाली राष्ट्रिय झण्डा फरर

न्यू योर्क, अमेरिका -
विश्वको राजधानी मानिने न्यू योर्क सहरका नेपाल र अमेरिकाको राष्ट्रगानको संगीतको जोशिलो गुन्जाहटसँगै मेयर एरिक आडम्सले सेप्टेवर २० तारिख म्यानहटनस्थित बाउलिन ग्रिन पार्कमा पहिलो पटक नेपालको झण्डा फहराएका छन्। सो ऐतिहासिक झण्डोत्तोलन समारोहमा मेयर आडम्सले नेपाली समुदायलाई सम्वोधन गर्दै उद्घोष गरे- “तपाईंहरू हाम्रो शहरको निर्माण र जगको एक हिस्सा हुनुहुन्छ” (You’re part of the fabric and foundation of the city.) नेपालको संविधान दिवस र गणतन्त्र दिवसको अवसर पारेर उक्त झण्डोत्तोलन समारोह सम्पन्न भएको हो।
उक्त झण्डोत्तोलन समारोहमा संयोजन संस्था माईनोरिटी ईम्पावरमेन्ट नेटवर्कका संस्थापक श्याम कार्कीले झण्डोत्तोलन समारोह सफलताको निम्ति न्यू योर्क सहरका मेयर एरिक आडम्स लगायत सहयोगी संघसंस्था र सम्पूर्ण महानुभावहरूलाई आभार व्यक्त गरे।
नेटवर्ककी कार्यकारी निर्देशक श्रेया तुलाधरले उक्त झण्डोत्तोलन समारोहमा स्वागत मन्तव्य गर्दै उपस्थित सबैलाई हार्दिक स्वागत गरिन् भने बाँकी समारोहको सन्चालन समेत गरिन्। उक्त झण्डोत्तोलन समारोहमा मेयर एरिक आडम्सलाई आयोजकहरूको तर्फबाट परम्परागत थाँका पेन्टिंग प्रदान गरिएको थियो भने नेपाली महावाणिज्यदूतावासबाट परम्परागत खादा, ढाका टोपी र एक सिंगे गैंडाको प्रतिमूर्ति प्रदान गरिएको थियो।
न्यू योर्क सहरका मेयर एरिक आडम्सले सहर घोषणापत्र (city proclamation) जारी गर्दै सेप्टेवर २० तारिखलाई “Nepali Heritage and Constitution Day” (नेपाली सम्पदा र संविधान दिवस) घोषणा गरिएको छ। त्यसैगरी, योर्क राज्य एसेम्बली सदस्य जेनिफर राजकुमारले न्यू योर्क राज्यको तर्फबाट राज्य घोषणापत्र (State proclamation) जारी गर्दै संयोजन संस्था माईनोरिटी ईम्पावरमेन्ट नेटवर्क र सो संस्थाकि कार्यकारी निर्देशक श्रेया तुलाधरलाई सम्मान गरेकी छन् ।
झण्डोत्तोलन समारोहका अन्य अतिथि वक्ताहरूमा कार्यवाहक नेपाली महावाणिज्यदूत बिष्णुप्रसाद गौतम, न्यू योर्क राज्य एसेम्बली सदस्य स्टिभन रागा, न्यू योर्क राज्य एसेम्बली सदस्य जेनिफर राजकुमार, न्यू योर्क सहर काउन्सिल सदस्य जुली वन, बाउलिन ग्रिन पार्क संघका अध्यक्ष आर्थर पिकोलो, न्यू योर्क सहरका उपमेयर दिलिप चौहान, न्यू योर्क सहरका आप्रवासी मामिला कमिस्नर म्यानुएल कास्ट्रो, न्यू योर्क सहरका अन्तर्राष्ट्रिय मामिला कमिस्नर एडवार्ड मर्मेल्स्टिन, न्यू योर्क सहरका आपत्कालिक सेवा कमिस्नर ज्याक स्कोल र नेपाली वरिष्ठ वकिल खगेन्द्र जिसीले सम्वोधन गरेका थिए।
झण्डोत्तोलन समारोहमा बसन्त डान्स सेन्टरका नृत्य निर्देशक विजय नकर्मीद्वारा नेपाली किशोरीहरूले नेपाली राष्ट्रिय गीतहरूको फ्यूजन नृत्यको मनमोहक प्रस्तुति गरेका थिए। भने गेमी टकसेरा समाजको पन्चेबाजा, प्रज्ज्वल बज्राचार्य र राजेन्द्र कर्णको लाईभ सांगितिक प्रस्तुतिले समारोहलाई नेपालमय बनाएको थियो। न्यू योर्क सहरमा हालसम्म ३३ भन्दा बढी देशको झण्डोत्तोलन आयोजना भैसकेकोछ भने यस अघि गत अगष्ट २४ मा दक्षिण कोरियाको झण्डा र अगष्ट १५ मा भारतको झण्डा फहराईएको थियो।
अमेरिकामा नेपाली झण्डोत्तोलनको ईतिहास
सन् २०१७ को जुन ३० तारिख अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी सहर आफ्नो सिटी हल भवनको ताज छानामा एक हप्तासम्म नेपालको झण्डा फहराउने अमेरिका र विश्वमै पहिलो अमेरिकि सहर बनेको थियो । जर्सी सिटी सहरकी तत्कालिन डाईभर्सिटी र ईन्क्लुसन वोर्डकी सल्लाहकार डा. विष्णुमाया परियारको पहलमा उक्त ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको थियो। जर्सी सिटी सहरका मेयर स्टेभन फुलपद्वारा नेपाल र नेपालीको सम्मानको उच्च कदर गर्दै 'नेपालको झण्डा फहराउने दिवस' (Nepali Flag Raising Day) को आयोजना गरी नेपालको झण्डा फहराएका थिए। सन् २०२१ को सेप्टेम्वर २० तारिख सोही जर्सी सिटी सहरले दोश्रो ऐतिहासिक नेपाली झण्डोत्तोलन समारोह डा. परियारकै पहलमा आयोजना गरेको थियो।
अमेरिकाको न्यू जर्सी राज्यस्थित जर्सी सिटी सहरका मेयर स्टेभन फुलपद्वारा नेपाल र नेपालीको सम्मानको उच्च कदर गर्दै दोश्रो पटक 'नेपालको झण्डा फहराउने दिवस' (Nepali Flag Raising Day) आयोजना गरिएकोछ। सेप्टेम्वर २० तारिख, सोमवार बिहान ११:३० बजे आयोजित झण्डोत्तोलन समारोहमा नेपालको राष्ट्रगानको गुन्जाहटकासाथ सिटी हल भवनको माथिल्लो तल्लामा अमेरिकाको झण्डा सँगसँगै नेपाली झण्डा फहराईएको हो। उक्त ऐतिहासिक समारोहमा मेयर फुलपकासाथै काउन्सिल प्रेसिडेंट जोयस वाटरम्यान, नेपाली कार्यवाहक महावाणिज्यदूत विष्णुप्रशाद गौतम, निवर्तमान काउन्सिल प्रेसिडेंट एवं काउन्सिलम्यान एट लार्ज रोलाण्डो लाभारो, जर्सी सिटी र नेपालको लागि सिस्टर सिटी इमिसरी (विशेषदूत) र जर्सी सिटीको रोजगारी र तालिमबोर्ड सदस्य डा. विष्णुमाया परियारका साथै नेपाली अमेरिकी विशिष्ट व्यक्तित्वहरू र नेपाली अमेरिकी समुदायको उपस्थितिमा सम्पन्न भएको थियो। अमेरिकी भूमिमा यसरी नेपाली झण्डाको झण्डोत्तोलन र नेपालको राष्ट्रगान संगसंगै खुल्ला आकासमा गुन्जिंदा उपस्थित नेपालीहरूले गुजबम्प महशुस गरेका थिए भने गर्वले छाती ढक्क फुलाउँदै शीर उँचो बनाएका थिए। यस अघि, सन् २०१७ को जुन ३० तारिख जर्सी सिटी सहर आफ्नो सिटी हल भवनको ताज छानामा नेपालको झण्डा फहराउने विश्वमै पहिलो अमेरिकि सहर बनेको थियो । जर्सी सिटी सहरकी तत्कालिन डाईभर्सिटी र ईन्क्लुसन वोर्डकी सल्लाहकार डा. विष्णुमाया परियारको पहलमा उक्त ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको थियो।
akabarey.com परीक्षण प्रसारणमा छ l हामीले यो सामग्री पत्रपत्रिका स्तम्भको लागि Nepalism.com बाट साभार गरेका छौं l
ओलीले भारत–चीनबिचको पछिल्लो सहमतिबारे नेपालको असन्तुष्टि जनाई सच्याउन दबाब दिन सक्नेछन् ।
आफूहरूप्रति समुदाय र विभिन्न निकायमा बनेको विश्वास समूहको ताकत भएको आबद्ध महिलाको भनाइ छ ।
यो नियम अमेरिकाको भिजिटर भिसा बी वान, बी टु आवेदकहरुमा लागु हुनेछ ।