नेपाल आइडल सिजन–६ को उपाधि गंगा सोनामलाई
काठमाडौं: ‘नेपाल आइडल’ सिजन–६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले आफ्नो बनाउन सफल भएकी छन् । गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन–६ को आइतबार राति सम्पन्न ग्राण्ड फिनालेमा चार जना प्रतिस्पर्धीलाई पछि पार्दै सोनामले उपाधि हात पारेकी हुन् । दर्शकको भोटका आधारमा गंगा विजेता घोषणा भएकी हुन् ।
विजेता बनेसँगै गंगाले पुरस्कार स्वरूप उपाधि, ट्रफी सहित नगद २५ लाख रूपैयाँ तथा विभिन्न उपहार प्राप्त गरेकी छन् । यस सिजनमा सिक्किम (भारत) की बबिता थापामगर फर्स्ट रनर अप र चितवनकी दर्शना गान्धारी सेकेन्ड रनर अप भएकी छन् ।
उनीहरूले क्रमशः नगद १० लाख र ५ लाख रूपैयाँ सहित विभिन्न उपहार हात पारेका छन् । यस्तै दार्जिलिङका अभिनय खाती चौथो बने भने काठमाडौंका मृनल मानन्धर पाँचौँ स्थानमा आएका छन् । चौथो र पाँचौँ भएका दुबै जनाले एक–एक लाख रूपैयाँ पुरस्कार हात पारेका छन् l
जीवनका कुनै पनि चरण, शुभारम्भ, मध्य वा उत्तरार्धमा सुन्न मिल्नेगरी तयार भएको यस गीतले जन्मलाई सार्थक...
'जादुयी स्वरकी धनी गायिका नीता आचार्यको मातृभूमि प्रेम' शीर्षकमा अकबरे.कमले गायिका निता आचार्यको फिच...
माण्ठ हुँ म माण्ठ हुँ म माण्ठ जुर्मुराउँछु छ आँत तप्त अग्नि झैँ म अग्नि भर्भराउँछु