पूर्वप्रहरी महानिरीक्षक खापुङले आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छोड्न नपाउने
कार्तिक,२७ काठमाडौँ : भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझका लागि बनेको गौरीबहादुर कार्की आयोगले आजबाट सेवानिवृत्त भएका प्रहरीका महानिरिक्षक चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको छ ।
यसैगरि, आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छोड्न नपाउने गरी सम्वन्धित निकायमा पत्राचार गर्ने निर्णय भएको छ l
आजदेखि सेवाबाट निवृत्त भएका नेपाल प्रहरीका महानिरीक्षक खापुङलाई भाद्र २३ र २४ गतेका घटनाहरुको छानविन तथा जाँचबुझको लागि कुनैपनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागु हुने गरी उनको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको छ ।
आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने खापुङलाईसमेत जानकारी दिने निर्णय भएको प्रवक्ता विज्ञान राज शर्माले जानकारी दिएका छन् । भदौ २३ र २४ को घटनाको छानविन तथा जाँचबुझका लागि खापुङ कुनै पनि समय आयोगमा उपस्थित हुनुपर्ने भन्दै आयोगले सो निर्णय लिएको हो ।
आज बसेको आयोगको वैठकले आन्दोलनमा भएको क्षतिको विवरण पठाउन बाँकी भएर इमेलमा वा आयोगको कार्यलयमा नै उपलब्ध गराउन पनि अनुरोध गरेको छ ।
आयोगको पत्र :
स्मरणीय : निवर्तमान प्रहरी महानिरीक्षकको फोटो यस अघि सार्वजनिक भएको फाइल फोटो प्रयोग गरिएको छ l
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...