कैलालीको गेटा मेडिकल कलेजबाट २३औं सत्याग्रह सुरु गर्दै डा.केसी

काठमाडौं, १६ भदौ:चिकित्सा शिक्षा सुधारका लागि भन्दै प्रा.डा गोविन्द केसीले कैलालीको गेटा मेडिकल कलेजमा २३औ सत्याग्रह सुरु गर्न लागेका छन् ।
मेडिकल शिक्षा सुधारको लागि २०७९ देखि सत्याग्रलगायत दबाबमुलक अभियान चलाउँदै आएका केसीले साढे १२ बजे गेटामा पत्रकार सम्मलेन गर्ने जानकारी दिएका छन् l पत्रकार सम्मेलन लगत्तै डा.केसीले १ बजे देखि सत्याग्रह सुरू गर्ने जानकारी प्राप्त भएको छ l
चिकित्सा शिक्षा आयोगले २१औं बैठकले गरेको निर्णयअनुसार एमबीबीएसमा १,३५९ सिट थपेर २,६३५ पुर्याएको छ । बीडीएसको सिट ६२५ बनाइएको छ । उक्त सरकारलाई निर्णय फिर्ता लिन माग गर्दै आएका केसीले फिर्ता नभएपछि सत्याग्रह गर्न लागेका हुन् ।
जसमा सरकारी मेडिकल कलेजले कुनै सिट थप प्राप्त गरेका छैनन् l सरकारी सिट बढ्नुपर्नेमा निजि मेडिकल कलेजलाई सिट थप दिएर सरकारले सरकारी मेडिकल कलेजलाई उपेक्षा गरेको आरोप आम मान्छेले पनि लगाउँदै आएका छन् l
स्मरणीय : यस अघि २२ पटक सम्म केसी सत्याग्रहमा बसिसकेका छन् l आज सुरु हुने सत्याग्रह २३ औँ पटकको हो l
डा.केसी आजसम्म २७० दिन भोकै बसेर निष्ठा र नैतिकताको लडाई लडिरहेका छन् l
यहाँ टासिँन र छुटिन सिकिदैन यहाँ त जोडिन सिकिन्छ । अखण्ड प्रचण्ड कर्म गरेर धन्य धन्य बन्न सिकिन्छ ।
नेपाल विश्वमै शिक्षा र स्वास्थ्य क्षेत्रमा सबैभन्दा कम लगानी गर्ने मुलुकमा पर्दछ।