राष्ट्रपति–महिला उत्थान कार्यक्रमबाट आमा र शिशुको ज्यान जोगियो

रासस-काभ्रेपलाञ्चोक, १४ साउनः डाँडापारिस्थित महाभारत गाउँपालिका–१ गोकुलेकी एक गर्भवतीको मङ्गलबार हेलिकप्टरबाट उद्धार गरिएको छ । साथै जोखिममा परेको आमा र शिशुको जीवन जोगिएको छ । सोमबार साँझदेखि सुत्केरी बेथा लागेर स्थानीय स्वास्थ्यचौकीमा भर्ना हुनुभएकी २१ वर्षीया रेनुका लुङ्गेलीलाई उद्धार गरिएको हो ।
गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार गोकुले स्वास्थ्यचौकीमा छटपटाउनुभएकी उहाँलाई राष्ट्रपति महिला उद्धार कार्यक्रमको आर्थिक सहयोगमा हेलिकप्टरबाट उद्धार गरिएको हो । उहाँलाई काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भर्ना गरिएको स्वास्थ्यचौकीकी प्रमुख पूर्णिमा तुम्सिङले बताउनुभयो । यसअघि गत शुक्रबार दिउँसो महाभारत–७ बनखुकी गर्भवती २८ वर्षीया देवकुमारी पाख्रिनको हेली एम्बुलेन्सबाट उद्धार गरिएको थियो ।
महाभारत गाउँपालिकामा अधिकांश सडक कच्ची छन् । वर्षाका कारण यी सडकमा नियमित रूपमा सवारीसाधन सञ्चालन हुने अवस्था नभएकाले हेलिकप्टरबाट गर्भवतीको उद्धार गर्नुपर्ने बाध्यता छ । पालिका अध्यक्ष जिम्बाले दुर्गम क्षेत्रमा राष्ट्रपति–महिला उत्थान कार्यक्रम प्रभावकारी बनेको बताउँदै ग्रामीण भेगका धेरै महिला त्यसबाट लाभान्वित भएका जानकारी दिनुभयो ।
र्यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका...
दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ ।
आगजनीको लक्ष्य बनेका बेला थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेका छ...