सर्वपक्षीय एकताको लागि तयार छौँ -राजु रेग्मी, उपाध्यक्ष `एनआरएनए'

गैरआवासीय नेपाली संघको एकता अधिवेशन नजिकिदैँ गर्दा सर्वोच्चले फैसला कार्यान्वयन गर्न र एकता महाधिवेशन तोकिएको मितिमा सम्पन्न गर्न सचिवालयलाई स्पष्ट निर्देशन गरेसँगै ११ औं अधिवेशनबाट निर्वाचित डाक्टर बद्री केसी समुहमा हलचल मच्चिएको छ । उच्चस्तरीय एकता समितिका संयोजक डाक्टर घलेको मे महिनाको ३,४र ५ मा नै एकता अधिवेशन सम्पन्न गराइछाड्ने अडान र सर्वोच्चको पत्राचारपछि एकता बाहिर रहेका डाक्टर बद्री समुह अन्योलमा परेको हो । akabarey.com सँग कुरा गर्दै बद्री केसी समूहका उपाध्यक्ष राज रेग्मी (राजु) ले भने: `एनआरएनए एकताको संभावित बाटो नै खोजिरहेका छौँ । हामी पनि सिङ्गो “एनआरएनए”को नै परिकल्पनाकार हौं तर अहिले जुन असहज परिस्थितिको निर्माण बन्यो, अबको यात्रा बारे हामीले ठोस निर्णय लिएका छैनौँ । हाम्रो माग सर्वपक्षीय एकता नै हो । जुन हिसाबले 'खाए खा ,नखाए घिच” भनेझै गरी एकताको सुमधुर प्रयास नै नगरी लाद्ने गरियो यस मानेमाव्यक्तिगत रूपमा हामी खुशी छैनौं ।´
• एनआरएनए एकताको संभावना कति छ ?
- हाम्रो तर्फबाट एकताको संभावनाको ढोका हिजो , आज र भोलिपनि खुल्ला नै छ । हामीले चाहेको भनेको अहिलेको तिक्ततापुर्ण संक्रमणकालिन अवस्थामा अधिवेशन नगरेर सबै पक्षको सहमतिमा एकता अधिवेशनको मिति तय गरौँ भन्ने हो । अझैसम्म एकताको लागि समय हाम्रै नियन्त्रणमा छ । हामी एनआरएनए अभियन्ताहरूकै हातमा छ । हामी सबैले चाह्यौँ भने संभावना नै संभावना ।
• उच्चस्तरीय समितिले अधिवेशनलाई अन्तिम चरणमा पुर्याइसकेको छ , तपाईंहरु सहभागी भएर सम्पन्न गर्न सकिन्न ?
- असम्भव भन्ने कुरा के नै पो होला र ? एकपक्षको तयारीले मात्रै एकता अधिवेशन कसरी हुन्छ ? एकता अधिवेशन सम्पन्न गर्नलाई पहिले सहृदयी एकता हुनुपर्यो । फन्डामेन्टल कुराहरू त मिलाउन सकिन्छ । यद्यपि सबै उपस्थित हुने र सबैले संस्थागत अपन्त्व लिन सक्ने उचित समयमा अधिवेशन गर्दा सबैको भलो हुन्छ । हामी एकाध व्यक्तिको उपस्थिति मात्रैले एकता हुँदैन । उहाँहरूले गर्नुभएको तयारीले पचासौँ लाख गैरआवासीय नेपालीहरूलाई समेट्न सक्नुभएको छैन । यसको अर्थ समय अभाव नै हो , यो कुरा उहाँहरू पनि स्विकार्नु हुन्छ । तर खोइ के आइलाग्यो हठ छोडनु भएको छैन् l
• तपाईंहरू अक्टोबर भन्ने उहाँहरु `मे´ मा भन्ने कसरी मिल्यो ?
- हामीहरूले ११ औं अधिवेशनबाट निर्वाचित समूह, असन्तुष्ट समूह र उच्च स्तरीय समितिसँग आजकै दिनदेखि छलफल र समन्वय गरौं, विगतका कमजोरीहरूलाई हेरेर सबैको उपस्थिति र सुझावमा उत्कृष्ट बिधान परिमार्जनको लागी काम शुरू गरौं र सके विगतमा जस्तै एनआरएनको विशेष दिन एनआरएन डे र दशैँ तिहारको विचमा अधिवेशन गर्न सहमत हुने कोशिश गरौं यसले विगतमा जस्तै नेपालमा एनआरएन अधिवेशनको बेला हामी सबैको उपस्थित हुने रमाईलो क्षण, र महत्वलाई जोगाउछ । चाडबाडको समयमा विदेशमा रहेका अधिकांश अभियान्ता, पञ्जिकृत सदस्यहरू नेपाल आउँछन् उक्त समय नै एकताको लागि व्यवहारिक रूपमा सहज र उपयुक्त समय हो तसर्थ सकिन्छ l यसमा सहमत हुने प्रयास गरौं अथवा यो गर्दा संस्थापन पक्षको अडानमा मात्र समर्थन गरेको र अदालतको फैसला र कार्यान्वयन विभागको परमादेश अनुसार ३-५ मे २०२५ मा अधिवेशन गर्न कस्सिएको समूहलाई बेवस्ता गरेको महशुस हुने हुँदा एनआरएन एनसीसीको अधिवेशन जुलाई अन्तिमसम्म सहज सम्पन्न गरी अदालतको फैसला र हामी समस्त निस्वार्थ भावनाले एनआरएनको अभियानमा जोडिएका शुभचिन्तकहरूको भावनालाई समेटेर अगस्टको अन्तिम सर्वपक्षीय एकताको अधिवेशन गरी एनआरएनले नेपाल सरकारसँग राखेका मागको कार्यान्वयन सहित यो अभियान मार्फ़त देशको समृद्धिको बाटोतिर अगाडि बढौं भन्ने हाम्रो चाहना हो l
गोरखा सेवा समाज कतारको १३औं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम दोहाको सनैया स्थित वइलफेयर रेस्टुरेन...
नेपाल र चीनबीच केबल भौगोलिक मात्र होइन सदियौँदेखि ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धहरु छन् ।
मन्त्री डा. राणाले आगामी ‘मे’मा नेपालले आयोजना गर्न लागेको सगरमाथा संवादमार्फत जलवायु परिवर्तनको अवस...