दोलखाको झुलेमा छैटौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न, श्री सीतापाइला माविले चुम्यो शिल्ड

झुले, दोलखा,पौष २ - गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आज सम्पन्न भएको छ । मङ्सिर २८ गतेबाट झुलेको खेलमैदानमा चलेको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आज समापन भएको हो l
प्रतियोगितामा विजेताहरूलाई तामाकोसी गाउँपालिकाका प्रमुख श्री प्रोणप्रताप के.सी. र उपप्रमुख श्री सिर्जना सुवेदी र ९९ वर्षीया झुलेका शताब्दी व्यक्तित्व श्री कटकबहादुर तामाङ ले सिल्ड / मेडल र प्रमाण-पत्र प्रदान गर्नुभयो ।
छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा श्री सीतापाइला मा.वि.जफे ६ स्वर्ण सहित - प्रथम श्री गोल्मेश्वर मा.वि.मालु ५ स्वर्ण सहित द्वितीय र श्री खिम्ती प्रोजेक्ट स्कुल किर्ने ५ स्वर्ण सहित तृतीय भएका छन् । एथलेटिक्सतर्फ श्री गोल्मेश्वर माध्यमिक विद्यालय मालु - प्रथम, खिम्ती प्रोजेक्ट स्कुल किर्ने द्वितीय, श्री सीतापाइला मा.वि. जफे तृतीय भएका छन् । उत्कृष्ट मार्चपास अन्तर्गत प्रथम - श्री खिम्ती प्रोजेक्ट स्कुल किर्ने द्वितीय - श्री जनप्रभात मा.वि.झुले र तृतीय - श्री महेन्द्र मा.वि. च्यामा भएका छन् ।
यस प्रतियोगितामा तामाकोसी गाउँपालिकाका दश विद्यालय सहभागी थिए ।
१. श्री अमर मा.वि. - झुले २. श्री जनप्रभात मा.वि. - झुले ३. श्री सीतापाइला मा.वि. - जफे ४. श्री कालापानी मा.वि. - जफे ५. श्री गोल्मेश्वर मा.वि. - मालु ६. श्री जनजागृति मा.वि. - सहरे ७. श्री खिम्ती प्रोजेक्ट स्कुल - सहरे, किर्ने ८. श्री महेन्द्र मा.वि. च्यामा - च्यामा ९. श्री कालिका मा.वि. - हाँवा १०.श्री नारायणी मा.वि. - भिरकोट
समापन कार्यक्रम तामाकोसी - २ झुलेका वडाध्यक्ष ईश्वरराज कार्कीको सभापतित्वमा सम्पन्न भएको थियोे ।
मङ्सिर २८ देखि ३० गतेसम्म सम्म चल्ने उक्त कार्यक्रममा तामाकोसी गाउँपालिका झुलेको हेल्थपोस्ट स्थित खे...
छैटौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८१ मङ्सिर २८ गते उदघाटन गर्ने कार्यक्रम रहेको छ l
महानगरले खेलाडीलाई जनही एक लाख रुपैयाँ तथा टीम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिस्...