दोलखाको झुलेमा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू, प्रदेशमन्त्री काफ्लेद्वारा उद्घाटन

झुले, दोलखा - तामाकोसी गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता वाग्मती प्रदेश सरकारका आर्थिक मामिला मन्त्री माननीय कुन्दनराज काफ्लेले आज एक भव्य कार्यक्रम विच दीप प्रज्वलन गरेर समुद्घाटन गरेका छन् l
उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा बोल्दै मन्त्री काफ्लेले - तामाकोसी गाउँपालिकाको प्राकृतिक रूपले सुन्दर र उत्कृष्ट झुलेको खेलमैदानमा खेलकुद सञ्चालन गरेकोमा आफूलाई खुसी लागेको बताए । अबको शिक्षालाई एकीकृत विकास गर्दै एक्काइसौं शताब्दी सुहाउँदो हुनुपर्ने भन्दै मन्त्री काफ्लेले युवा विद्यार्थीहरूसँग जोडिन पाउँदा आफूलाई ऊर्जा मिल्ने र तन्नेरी पुस्तासँग देशको भविष्य रहेको धारणा राखे l
उक्त समारोहमा तामाकोसी गाउँपालिका प्रमुख प्रोणप्रताप के.सीले - खेलकुद सामाजिक उन्नयनका लागि एक अपरिहार्य विषय रहेको भनाइ राखेका थिए । यो समाजलाई जोड्ने / राज्य-राज्य जोड्ने; भावनात्मक एकताबद्द गर्ने र राष्ट्रिय भावनाको जागृत गरेर अनुशासन कायम गर्ने महत्त्वपूर्ण क्षेत्र रहेकोे उल्लेख गरे । गाउँपालिका उपाध्यक्ष श्री सिर्जना सुवेदीले विशेष अतिथिको रूपमा मन्तव्य राख्दै - खेल शैक्षिक क्षेत्रका लागि अन्तर्निहित विषय रहेको धारणा राखिन् । शिक्षासँगै खेलकुदले विद्यार्थीहरूलाई मानसिक र शारीरिक उन्नतिका लागि टेवा पुग्ने विचार उपाध्यक्ष सुवेदीको थियो l
कार्यक्रममा नेपाली काङ्ग्रेस नेता श्री भबेन्द्र कार्कीलगायतका अतिथिहरूले मन्तव्य प्रकट गरेका थिए । तामाकोसी गाउँपालिकाको आयोजना अनि श्री अमर मा.वि. र श्री जनप्रभात मा.वि. को व्यवस्थापन रहेको गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता झुले -२ को खेल-मैदानमा संचालन भइरहेको छ ।
मङ्सिर २८ देखि ३० गतेसम्म सम्म चल्ने उक्त कार्यक्रममा तामाकोसी गाउँपालिका झुलेको हेल्थपोस्ट स्थित खेल मैदानमा संचालन भइरहेको छ l तामाकोसी गाउँ पालिका भित्रका- श्री अमर मा.वि./ श्री जनप्रभात मा.वि. - झुले, श्री सीतापाइला मा.वि./ श्री कालापानी मा.वि. - जफे, श्री गोल्मेश्वर मा.वि.- मालु, श्री जनजागृति मा.वि./ श्री खिम्ती प्रोजेक्ट स्कुल - सहरे, श्री महेन्द्र मा.वि. च्यामा, कालिका मा.वि.- हाँवा र श्री नारायणी मा.वि.भिरकोट सहभागी भएका छन् ।
प्रतियोगितामा हरेक विद्यालयबाट पुरुष भलिबल / महिला भलिबल / सयमिटर दौड / हाइजम्प / लङजम्प / ज्यावलिङथ्रो लगायत विभिन्न खेलहरू प्रतिस्पर्धामा समावेश रहेकोे आयोजकले बताएको छ । कार्यक्रम तामाकोसी - २ झुलेका वडाध्यक्ष ईश्वरराज कार्कीको सभापतित्वमा सञ्चालन भएको थियोे ।
९९ वर्षीया झुलेका शताब्दी व्यक्तित्व श्री कटकबहादुर तामाङ ले सिल्ड / मेडल र प्रमाण-पत्र प्रदान गर्नु...
छैटौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८१ मङ्सिर २८ गते उदघाटन गर्ने कार्यक्रम रहेको छ l
महानगरले खेलाडीलाई जनही एक लाख रुपैयाँ तथा टीम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिस्...