बन्दीपुरमा नेपाल निजामती कर्मचारी युनियनको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौँ : तनहुँको बन्दीपुरमा नेपाल निजामती कर्मचारी युनियनको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । समावेशी विभागको आयोजनामा नेपाली कांग्रेसका उपसभापति तथा पूर्व मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यता तथा युनियनका केन्द्रीय उपाध्यक्ष एवं समावेशी विभागका संयोजक पुरण गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा युनियन केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, प्रदेश कार्यसमितिका पदाधिकारी,सदस्यहरू, जिल्ला-विभागीय कार्यसमितिका अध्यक्ष,पदाधिकारीहरु, महाधिवेशन प्रतिनिधिहरु, समावेशी विभागका सदस्यहरूका अतिरिक्त देशभरका करिब दुई सय प्रतिनिधीहरूको सहभागिता रहेको थियो ।
भेला तथा प्रशिक्षण कार्यक्रममा निजामती सेवामा समावेशिता, नेतृत्व विकास र ट्रेड युनियनको सान्दर्भिकता समेतका विषयमा प्रशिक्षण प्रदान गरिएको नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष एवं समावेशी विभागका संयोजक पुरण गुरुङले जानकारी दिए ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका पूर्व वरिष्ठ उपाध्यक्ष सुरेन्द्र प्रसाद अधिकारी, युनियनका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेशका अध्यक्ष दीपक रेग्मी, युनियनका केन्द्रीय सचिव प्रकाश भट्टराई, केन्द्रीय सदस्य नवीन पन्थी र यम प्रसाद शर्मा, कर्मचारी युनियन तनहुँका अध्यक्ष नारायण प्रसाद अधिकारी, भक्तपुरका अध्यक्ष सुरज पौडेल, आधिकारिक ट्रेड युनियन, अर्घाखाँचीका अध्यक्ष कृष्ण वर्मा समेतले विभिन्न विषयमा आफ्नो धारणा राखेका थिए ।
नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति तनहुँको सहयोगमा सम्पन्न भएको कार्यक्रम कर्मचारी युनियन, कास्कीका अध्यक्ष सुरेश श्रेष्ठले सञ्चालन गरेका थिए भने केन्द्रीय सदस्य चित्रा ढकालको स्वागत मन्तब्य राखेकी थिइन् । प्रतिकूल मौसमका बावजुद उत्साहजनक रुपमा कार्यक्रम सम्पन्न भएको कर्मचारी युनियन तनहुँका अध्यक्ष नारायण प्रसाद अधिकारीले जानकारी दिए ।
पाकिस्तानको भूगोलभित्र पर्ने समुद्रमा भारी मात्रामा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको भन्डार भेट...
२२ साउन, काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विजय कुमार गच्छदारसह...
‘निर्दोष नफसुन्, दोषी नउम्किउन् भन्ने मान्यताअनुसार सरकारले अनुसन्धान गरिरहेको छ ।