पाकिस्तानमा भेटियो तेल र ग्यासको विशाल भन्डार

वासिङ्टन डिसी : पाकिस्तानको भूगोलभित्र पर्ने समुद्रमा भारी मात्रामा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको भन्डार भेटिएको छ । यसको उत्खनन गर्न सकिएमा पाकिस्तानको भविष्य नै फेरिने भन्दै सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।
समुद्री क्षेत्रको तेल र ग्यास भन्डार पुष्टि गर्न पाकिस्तानले एक मित्र देशसँगको सहकार्यमा तीन वर्षीय सर्वेक्षण गरेको डन न्यूजी टिभीले शुक्रबार वरिष्ठ सुरक्षा अधिकारीलाई उद्धृत गर्दै भनेको छ ।
यसबारे सम्बन्धित विभागले सरकालाई सूचित गरिसकेको बताइएको छ । यतिबेला भन्डारबाट तेल र ग्यास निकाल्ने परियोजनाको बोलपत्र आह्वान र उत्खननबारे अध्ययन भइरहेको बताइएको छ । उत्खननको काम निकट भविष्यमै सुरु गर्न सकिने बताइएको छ । तर तेल निकाल्न भने कयौँ वर्ष लाग्न सक्ने ती अधिकारीले बताएका छन् । केहीले पाकिस्तानमा भेटिएको तेल तथा ग्यास भन्डार विश्वको चौथो ठुलो भएको अनुमान गरेका छन् ।
तनहुँको बन्दीपुरमा नेपाल निजामती कर्मचारी युनियनको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । समा...
२२ साउन, काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विजय कुमार गच्छदारसह...
‘निर्दोष नफसुन्, दोषी नउम्किउन् भन्ने मान्यताअनुसार सरकारले अनुसन्धान गरिरहेको छ ।