गृहमन्त्रीले सुन तस्करीमा माओवादीलाई पनि नछोडने
नेकपा माओवादी केन्द्रका नेता तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा माओवादीकै नेता भएपनि नछोड्ने चेतावनी र धम्की पार्टी बैठकमा दिएका छन् ।
पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले सुन तस्करी प्रकरणमा सरकारले गरिरहेको अनुसन्धान नरोकिने भन्दै यदि प्रमाण भेटिए जो कोही र पार्टीका नेता पनि कारबाही भोग्न तयार रहन भनेका छन् ।
‘निर्दोष नफसुन्, दोषी नउम्किउन् भन्ने मान्यताअनुसार सरकारले अनुसन्धान गरिरहेको छ । यस्तोमा जोसुकै होस् चाहे हाम्रै पार्टीका नेता कार्यकर्ता नै किन नहुन् दोषी पाइए कारबाही भोग्न तयार हुनुपर्छ’, श्रेष्ठको भनाइ भनेर एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् l
Akabarey.com टिप्पणी : सुन तस्करी प्रकरणमा माओवादीका विभिन्न नेताहरूको नाम, कुनै नेताको बाबु छोराकै नाम आएको र नेता कार्यकर्ताकै संलग्नता रहेको भनेर प्रचार भइरहेको बेला जनयुद्द लडेर आएको माओवादी विरुद्द जनयुद्द नलडेका नेताले उत्पात गरेर कसैलाई बदनाम गर्दै, फसाउँदै आफू स्थापित हुने कोसिस रूपमा पनि नारायणकाजीको कदमलाई लिने नेताहरू त्यहाँ भएको बाहिर चर्चा छ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...