बाढी पहिराेबाट मृत्यु र क्षतिको ताजा विवरण
काठमाडौँ, असोज १३ - असोज ११ र १२ मा परेको पानी र त्यसबाट उत्पन्न बाढीपहिरो र डुबान जस्ता प्रकोपमा परी देशभर हालसम्म प्राप्त जानकारी अनुसार १०२ जनाको मृत्यु भएको छ, भने ६७जना बेपत्ता भएका छन् । विपद्मा परी ५० भन्दा ज्यादा घाइते भएका छन् l गोरखाबाट काठमाडौं हिँडेको एउटा बस सम्पर्क विहीन भएको छ l
बाढी पहिरोमा परी ललितपुर, धादिङ, काठमाडौँ, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, सोलुखुम्बु, पाँचथर, भक्तपुर, दोलखा, सिन्धुली, धनकुटा, महोत्तरी, रामेछाप, झापा, उदयपुर , इलाम, सप्तरी र नुवाकोट लगायत जिल्लाहरूमा मानवीय क्षति र अन्य भौतिक क्षति भएकाे छ ।
गृह मन्त्रालयले स्रोतले उल्लेख गरे अनुसार बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार भन्दाधेरैको उद्धार गरिएको छ l सुनकोसी नदीमा रहेको झुलुंगे पुल र सिन्धुली रामेछापको सिमानाको खुरकोटको पक्की पुल र ओखल ढुङ्गा हर्कपुर जोड्ने पक्की पुल र बीपी राजमार्गका थुप्रै ठाउँमा मोटरबाटो बाढीर पहिरोले बगाएको जानकारी प्राप्त भएको छ l देशभर पहिरोको जोखिममा दर्जनौ गाउँहरू रहेका छन् l
समारोहमा गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गालले नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह...
उक्त कार्यक्रम हुम्लामा पनि सञ्चालन गरिने अस्पतालले जनाएको छ ।
हिउँ परेसँगै चिसो अत्यधिक बढेकाले स्थानीय जनजीवनमा चिसोको प्रभाव पर्ने र कात्तिकमै हिउँ परेकाले स्...