गैरआवासीय नेपाली संघ कतारको रक्तदान कार्यक्रम सम्पन्न

सुरेश भट्ट आश्रिन - गैरआवासीय नेपाली संघ कतारको आयोजनामा भएको रक्तदान कार्यक्रममा जना ३९ भन्दाबढी नेपालीहरूले रक्तदान गरेका हुन् l गैरआवासीय नेपाली संघ र नेपाली रक्तदाता संघ कतारको समन्वयमा हमाद अस्पतालको ब्लड डाेनेसन सेन्टरमा कार्यक्रम सम्पन्न भएको महासचिव ध्रुवराज अधिकारीले जानकारी दिए ।
‘रक्तदान नै जीवन दान हो, रक्तदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’ भन्ने नाराकासाथ विविध गतिविधि गर्दै कतारमा रहेका नेपालीहरूले रक्तदान कार्यक्रम गर्दै आईरहेका छन् । सामाजिक सेवाको लागि गैरआवासीय नेपाली संघ कतार सेवाभावले ओतप्रोत रहेको, नेपाली वा विदेशी जो कोहीले रगत अभावमा ज्यान गुमाउन नपरोस् , मानवीय र परोपकारी कार्यले अन्य देशका कम्युनिटहरु संग मैत्रीपूर्ण सम्बन्ध रहने हुँदा यस्ता कार्यक्रमको आवास्य्कता रहेको गैरआवासीय नेपाली संघका अध्यक्ष सुनिल घिमिरेले बताए ।
उक्त रक्तदान कार्यक्रममा एनआरएनए मध्यपुर्वका संयोजक रामचन्द्र पन्त, बुद्धिजीवी बुधवल गुरुङलगायत कतारमा स्थापित सामाजिक तथा वैचारिक संस्था, जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधिसहिको बाक्लो उपस्थिति रहेको थियो । विज्ञान र प्रविधिले विभिन्न आविष्कार गरिसक्दा पनि कृत्रिम रगत बनाउन नसकिरहेको परिप्रेक्ष्यमा स्वस्थ व्यक्तिले दान गरेको रगत नै आवश्यक पर्ने बिरामीका लागि वरदान सावित् हुनेहुँदा मानव जीवन बचाउने रक्तदानलाई सुरक्षित र स्वयसेवी रूपमा अभिवृद्धि आजको आवास्यकता हो ।
Enter
सुरेश भट्ट
Enter
सुरेश भट्ट
गोरखा सेवा समाज कतारको १३औं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम दोहाको सनैया स्थित वइलफेयर रेस्टुरेन...
नेपाल र चीनबीच केबल भौगोलिक मात्र होइन सदियौँदेखि ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धहरु छन् ।
चाडबाडको समयमा विदेशमा रहेका अधिकांश अभियान्ता, पञ्जिकृत सदस्यहरू नेपाल आउँछन् उक्त समय नै एकताको ला...