जोरजबर्जस्त गर्दै प्रहरीद्वारा दुर्गा प्रसाई पक्राउ

काठमाडौं, असोज ६ - मेडिकल व्यवसायी, अभियन्ता विवादित व्यक्ति दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो ।
साइबर ब्यूरोबाट खटिएको टोली र भक्तपुर प्रहरीको सहयोगमा प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्युरो सुत्रले जानकारी गराएको छ l
प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको घरमै गएको थियो । घरको गेट नै नखोलेपछि कम्पाउण्ड भित्र जबरजस्ती प्रवेश गरेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
साइबर व्युरोबाट पक्राउ गर्न गएका प्रहरीलाई एक घण्टासम्म पनि ढोका नखोली भित्रबाट अपशब्द प्रयोग गर्दै गालीगलौज गरिएपछि भर्याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गरेको थियो । त्यसक्रममा हातपातमा उत्रिएका प्रसाईंका अंगरक्षकलाई पनि नियन्त्रणमा लिइएको छ l
नेपाल प्रहरीको साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेपछि जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । असोज २ गते नै पक्राउ अनुमति लिए पनि आज मात्र प्रहरीले पक्राउ गर्न सकेको हो l प्रसाईंसँगै बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति लिइसकेको छ l
अदालतबाट पक्राउ पुर्जी लिएको दिन केही नरम सुनिएका प्रसाई त्यसयता चर्कोसँग सरकारलाई गालीगलौज र विभिन्न व्यक्ति र व्यापारीहरू, महिलाहरूको हत्या गरिरहेका हुन्थे l पक्राउको विषय सरकारको पार्टीहरूको विरोध नभएर साइबर क्राइम भएको बताइएको छ l
दुर्गा प्रसाईको जीवन रक्षाको लागि समेत विज्ञप्तिमा आव्हान गरिएको छ l
ट्रम्पको निर्णयले जलवायु परिवर्तन, जन स्वास्थ्य, शिक्षा र जीविकोपार्जन जस्ता क्षेत्रमा नकारात्मक अस...
कैँची प्रहारबाट गम्भीर घाइते भएका लालबहादुरलाई राति नै धनगढीको निसर्ग अस्पताल पुर्याइएको थियो ।