ग्लोबल आइएमईको ग्राहक पहिचान सेवा
ग्लोबल आइएमई बैंकले अनलाइन भिडियो मार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुवात गरेको छ।
उक्त सेवा सुरु गरेसँगै यस बैंकमा नयाँ ग्राहकहरूले अनलाइन मार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गराएर खाता सुचारु गर्न सक्नेछन्। बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरूले खाता खोल्न र केवाईसी फारम भर्न बैंकमै धाइरहनु नपर्ने भएको छ।
साथै खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियो मार्फत गर्न सकिने बैंकले जनाएको छ। बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेकोमा भिडियो केवाईसी अझ प्रभावकारी हुने विश्वास बैंकले लिएको छ।
आफू खेलाडी हुँदाका अभावका दिन सम्झेर पनि आफ्नो जन्मदिनमा केही रकम छुट्याएको हुँ l
तामाकोसी गाउँपालिकाका ९ वटा माध्यमिक विद्यालयहरूमात्रै प्रतियोगि रहेका थिए l
जनभावना बहुउद्धेसीय क्लब झुलेको आयोजनामा सम्पन्न प्रतियोगिता चार दिनसम्म चलेको थियो l