साहित्य शृङ्खला - शर्मिला कार्की ' शरु' का मुक्तकहरू
१.
जाबो एक दिनभरि पनि बिर्सिन नसक्नु कारण के होला ?
कसैको याद मनभरि झङ्कृत गराइरहने प्रसारण के होला ?
आफूले आफ्नै मनोविज्ञान पनि थाहा नपाइनु अचम्मै लाग्छ !
यस्तो अवस्थालाई सम्बोधन गर्ने ध्वनि/उच्चारण के होला ?
२.
संसारकै स्रष्टा नारी, धातृ हजुरलाई
सन्तानकी जीवन,ममतादातृ हजुरलाई स्वर्गवासी देवदेवी मेरो बिन्ती लागोस्
मेरो श्रद्धा पुगोस् मेरी मातृ हजुरलाई !
हाम्री ममतामयी माता सीता देवी कार्कीको चौधौं पुण्यतिथिका अवसरमा हामी सबै सन्तानका तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।
- शर्मिला कार्की
३.
कति चीन,जापान जान्छन् ,कति अमेरिका जान्छन्
सम्पन्न मुलुकमा छौं भनेर हामीलाई तुच्छ ठान्छन्
तिनका पनि कथाव्यथा छ्याङ्ङ हुँदै आएका छन्
थोरै जसोले सुविधा खान्छन् ,धेरैजसोले गोता खान्छन् !
४.
फूलहरूजस्तै सुवास छर्ने हुन पाए हुन्थ्यो
सौन्दर्यको पल्लो सिमाना छुन पाए हुन्थ्यो
फूल र यौवन झर्छ,खस्किन्छ ,सम्झिएर चस्स दुख्छ
यस्तो दुखाइ र दिगो वेदना धुन पाए हुन्थ्यो ।
गोरखापत्र संस्थान, मधुपर्क मासिकको आयोजना तथा शैलुङ गाउँपालिका, शैलुङ पर्यटन तथा कालापानी बजार टोल व...
सबै स्वार्थका लागि लम्पसार यहाँ नेताहरू ! सबै स्वार्थका लागि लम्पसार यहाँ नेताहरू !
यहाँ पुगेका भन्दा टुटेका सपना धेरै छन्, यहाँ टुटेका भन्दा छुटेका सपना धेरै छन्