कविता-'अस्ताएको आशा'-रक्तमित्र राजिब
घामको किरण,
चम्किलो आकाशका बादलहरू ,
त्यही बादलमा हाम्रा आशाहरू,
शहिद भई तुहिएका छन् मुनाहरू,
आरीघोप्टे बर्षातले आँसुको खोला बगाए,
दशैको समयमा, ती आसुँको खोला भए,
ती कल्लीला हातका रगतले कोरेका इतिहास,
खेर जाने छैनन्,
यी सन्तानका साहदत,
लम्पसार सरकार,
सरकार पछि लुकेका लुसिफर,
स्वतन्त्र पत्रकारितामार्फत पर्दाफास,
सारा नेपालीको स्वाधीनतामाथि प्रश्न चिन्ह,
समयले निरन्तर खोल्दै छ ती राजहरू
ती राज भित्र लुकेका छन् लुटेराहरू
कसैको पनि मनमा रहेन दयाका करुणाहरू
सबै स्वार्थका लागि लम्पसार यहाँ नेताहरू !
सबै स्वार्थका लागि लम्पसार यहाँ नेताहरू !
गोरखापत्र संस्थान, मधुपर्क मासिकको आयोजना तथा शैलुङ गाउँपालिका, शैलुङ पर्यटन तथा कालापानी बजार टोल व...
यहाँ पुगेका भन्दा टुटेका सपना धेरै छन्, यहाँ टुटेका भन्दा छुटेका सपना धेरै छन्
साथी ! तिमीले नचाहँदैमा के नै फरक पर्छ र ! देशले त साँच्चै यहाँ ठूलै परिवर्तन चाहेको छ ।